गैँडा गणना गर्न दाता खोज्दै विभाग
चितवन, २८ माघ । एकसिङ्गे गैँडा गणना गर्न सरकारी बजेट नभएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दाताको खोजी गरिरहेको छ । विभागले मार्च/अप्रिलमा गैँडा गणनाको तयारी गरेको छ । तर बजेट नभएपछि दाताको खोजी गर्नुपरेको हो ।
विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार गैँडा गणनाका लागि करीब रु एक करोड खर्च हुन्छ । त्यसका लागि यसअघि पनि सहयोग गरिरहेका दातृ निकायसँग सहयोगका लागि प्रस्ताव गरिएक...































