डोटी, ६ फागुन । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले नगरक्षेत्रमा बसोबास गर्ने जोकसैले कुनै पनि बहानामा बालश्रमिक राखेलाई नगरपालिकाबाट प्रदान गरिने सरकारी सेवा सुविधा नदिने बताउनुभएको छ ।

बालश्रम निषेध गराउन नगरपालिकाको सामाजिक विकास समितिले आयोजना गरेको सरोकारवालासँगको अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख मलासीले नगरपालिकामा बालश्रमिक राख्ने कुरा ‘फेसन’को रुपमा अगाडि बढिरहेको भन्दै नगरपालिकालाई बालश्रमिक मुक्तनगर बनाउने अभियानमा आफूहरु लागि परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी एक वर्षदेखि लागि बालश्रम अन्त्य गर्ने प्रयासमा छौँ, कसैले कुनै पनि बहानामा बालश्रम राखेको पाइए तिनलाई सरकारी सेवा सुविधाबाट वञ्चित गराउनेछौँ ।” उहाँले कोही कसैले कसैको बच्चालाई पढाइदिने र पालिदिने भन्दै घरमा राखी श्रममा लगाएको देखिए त्यस्ता व्यक्तिको घर परिवारको सूची तयार पारी कालो सूचीमा समेत नाम राख्ने नीति नगरपालिकाले बनाइरहेको बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!