राजधानीमा सुरू भयो एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८
काठमाडौं, १४ फागुन । आइतबारदेखि राजधानीमा एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८ सुरू भएको छ । ६५ देशका झन्डै हजार सहभागी रहेको २३औं सम्मेलन अति कम विकसित मुलुकमै पहिलो पटक भएको हो ।
एसिया प्यासिफिक रिजनल इन्टरनेट कन्फेरेन्स अन अपरेसनल टेक्नोलोजी (एप्रिकोट) एसिया प्यासिफिक क्षेत्रका देशका इन्टरनेट विज्ञहरू सम्मिलित सन् १९९६ देखि सुरू भएको एक सम्मेलन हो । चार दिनसम्म चल्ने सम्मेलनको उद्घाटन...






























