राष्ट्रिय युवा शक्तिमा लोहनी

राष्ट्रिय युवा शक्तिमा लोहनी

काठमाडौँ, ८ फागुन ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को जनवर्गीय संगठन राष्ट्रिय युवा शक्तिको फणिराज लोहनी (राजु) को अध्यक्षतामा गठन भएको छ । उपाध्यक्षमा राजकुमार श्रेष्ठ र राजन लामा तथा महामन्त्रीमा सुरेन्द्र सेढाइ, सुभानसिंह राई र विनोद बानियाँ हुनुहुन्छ भने कोषाध्यक्षमा सुदर्शन सिलवाललाई मनोनयन गरिएको छ । सदस्यमा विष्णु पाण्डे, गोविन्द नगरकोटी र अकलबहादुर तामाङ हुनुहुन्छ...
प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु

जितपुर, कपिलवस्तु, ८ फागुन । कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने ...
जहाँ धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ

जहाँ धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ

काठमाडौं, ८ फागुन । लतिलपुरको इकुडोलमा भने धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ । किसानको घरबाट दूध संकलन केन्द्रसम्म दैनिक धाउनुपर्ने बाध्यता अन्त्य गर्न यस्तो तरिका अपनाइएको हो। इकुडोलवासीले दूध संकलनका लागि यो उपाय अपनाएको १० वर्ष भइसकेको छ । २०६४ वैशाख १ गते इकुडोलका व्यवसायी भीमसेन आचार्यले दूध संकलनका लागि यो तरिका सुरु गरेका थिए । सडकको सहज पहुँच नभएका ग्रामीण क्षेत्रबाट दूध संकलन गर्न कठि...
ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिए सिलवाल

ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिए सिलवाल

काठमाडौं, ८ फागुन । कार्यसम्पादन मूल्यांकन कीर्ते मुद्दामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्वडीआईजी एवं एमाले सांसद् नवराज सिलवाल केपी ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । उनी सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका थिए । सरकारी छाप दस्तखत कीर्ते मुद्दामा सर्वोच्च अदालतको आदेशपछि प्रहरीले सिलवालको व्यापक खो...
प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी

प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी

काठमाडौं, ८ फागुन। सरकारले प्रदेशमा ६० प्रतिशत कर्मचारी पठाए पनि कार्यस्थलमा भने १५ प्रतिशत मात्रै कर्मचारी पुगेका छन् । खटाएको स्थानमा कर्मचारी जान नमानेपछि सरकारले उनीहरुलाई बर्खास्त गर्ने तयारी गरेको  छ । सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बी...
जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

बाजुरा, ८ फागुन । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । घाइते हुनेमा बूढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्...
संघीय संसद्को पहिलो बैठक २१ फागुनमा बोलाइने

संघीय संसद्को पहिलो बैठक २१ फागुनमा बोलाइने

काठमाडौं, ८ फागुन । संघीय संसद्को पहिलो बैठक २१ फागुनका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ९३ (१) को प्रावधानबमोजिम २१ फागुन दिउँसो ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् । बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको नतिजा आएपछि संघीय संसद् बैठक आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रस...
एमाले–माअाेवादी पार्टी एकीकरणका लागि सातबुँदे सहमति (सहमति पत्र सहित)

एमाले–माअाेवादी पार्टी एकीकरणका लागि सातबुँदे सहमति (सहमति पत्र सहित)

काठमाडौं, ८ फागुन । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने नीतिगत सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी तर्फब...
पुस्तक पसलमा आगलागी हुँदा ३५ लाखको क्षति

पुस्तक पसलमा आगलागी हुँदा ३५ लाखको क्षति

सुर्खेत, ७ फागुन ।  सदरमुकाम जुुम्ला खलंगास्थित एक पुस्तक पसलमा आज बिहान आगलागी हुँदा रु ३५ लाख क्षति भएको छ । बिहान ४ः४५ बजे चन्दननाथ नगरपालिका– ५ जुम्लास्थित जिपी पुस्तक पसलमा विद्युत् चुहिएर पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगलागी एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । पसलका प...
पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व

पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व

पोखरा, ७ फागुन ।  भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा यहाँ आयोजित १२ औँ सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व रहेको छ । प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राईले ४२.१९५ किमीको दूरी दुई घण्टा ३६ मिनेट ४२.२ सेकेण्डमा पूरा गरेर प्रथम भई रु ७० हजार प्राप्त गरे । यसैगरी नेपाली सेनाका हरिकुमार रिमालले दुई घण्टा ३८ मिनेट ४६.१ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरी रु ४५ हज...
‘अघिल्ला सरकारका निर्णय उल्ट्याउँछु भन्नु वैधानिकतामाथि प्रश्न’: विश्वप्रकाश

‘अघिल्ला सरकारका निर्णय उल्ट्याउँछु भन्नु वैधानिकतामाथि प्रश्न’: विश्वप्रकाश

धुलिखेल, ७ फागुन ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गएको सरकारले गरेको निर्णय उल्टाउँछु भन्नु वर्तमान सरकारका लागि आफ्नै वैधानिकतामाथि प्रश्न गरेसरह हुने बताउनुभएको छ । बनेपामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आज प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शन कार्यक्रममा उहाँले विपक्षलाई पनि सँगै लैजान सके मात्रै उपलब्धि हासिल हुने छ ...
पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा जारी

पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा जारी

काठमाडौँ, ७ फागुन ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने र पार्टी एकताको मिति घोषणा गर्ने अनुमान गरिएको छ । बैठकमा प्रधानमन्त्...
‘वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट नहुँदा काँग्रेस पराजित’

‘वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट नहुँदा काँग्रेस पराजित’

काठमाडौँ, ७ फागुन ।  वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट नहुँदा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस पराजित भएको बुद्धिजीवीले बताएका छन् । गणेशमान सिंह अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘सशक्त विचार र सुदृढ संगठनको काँग्रेस’ विषयक छलफलमा सहभागी वक्ताले विधि र विधानमा पार्टी चल्न नसकेकाले काँग्रेसले हार व्यहोरनु परेको बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष ...
कानून विपरीत वित्तीय कारोवार गर्ने पक्राउ

कानून विपरीत वित्तीय कारोवार गर्ने पक्राउ

काठमाडौँ, ७ फागुन ।  नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कानून विपरीत वित्तीय कारोबार गर्ने इन्भेष्टमेन्ट प्रालिका सञ्चालकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोवार गर्ने अनुमति नलिईसुनसरी र मोरङमा सञ्चालन गरेको इन्भेष्टमेन्ट कम्पनीका आठ सञ्चालकलाई कानूनी दायरा विपरीत गैरकानूनी तवरले स्थानीयवासीसँग बचत संकलन तथा ऋण प्रवाह गर्नेलगायत ...
बालुवाटारमा वाम गठबन्धनका नेताको बैठक सुुरु, आजै एकता घोषणा हुनसक्ने

बालुवाटारमा वाम गठबन्धनका नेताको बैठक सुुरु, आजै एकता घोषणा हुनसक्ने

काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठक साँझ ७ बजेदेखि बस्ने भनिए पनि राति ८ बज्नलाग्दा सुरु भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित संयोजन समितिको बैठकले आजै एकताको घोषणा गर्ने बताइएको छ। बैठकमा एमालेका तर्फबाट वरिष्ठ नेताद्वय माधव ...
प्रदेश सरकार समावेशी बन्न नसकेको गुनासो

प्रदेश सरकार समावेशी बन्न नसकेको गुनासो

सुर्खेत, ७ फागुन ।  प्रदेश नं ६ का सांसदले प्रदेश सरकार समावेशी नभएको गुनासो गरेका छन् । समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार बने पनि समावेशी बन्न नसकेको सांसदले आरोप लगाएका छन् । सो प्रदेशमा गठन भएको प्रदेश सरकारका लागि नेकपा (एमाले)ले चार र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्रीसहित तीन मन्त्री पाएका छन् । माओवादी केन्द्रले आफूले पाएको भूमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी...
भूकम्पछि वल्र्डभिजनको ४१ करोड खर्च

भूकम्पछि वल्र्डभिजनको ४१ करोड खर्च

नुवाकोट, ७ फागुन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्र्डभिजन इन्टरनेशनलले भूकम्प प्रतिकार्यका लागि जिल्ल्लामा रु ४० करोड ९४ लाख १४ हजार खर्च गरेको छ । विसं २०७२ वैशाखको भूकम्पपछि भूकम्प प्रतिकार्यका लागि आएको अन्तरराष्ट्रिय गैरसरकारी संस्था वल्र्डभिजनले जिल्लामा स्वास्थ्य, जीविकोपार्जन, सरसफाइ, खानेपानी, बालसंरक्षण तथा शिक्षा क्षेत्रमा काम गर्दै आएको वल्र्डभिजनका जिल्ला प्रबन्धन मानवीर विश्वकर्...
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति, आजै हस्ताक्षर हुनसक्ने

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति, आजै हस्ताक्षर हुनसक्ने

काठमाडौं,७ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति जुटेको छ । नेताहरुका अनुसार आजै सहमतिमा हस्ताक्षर हुनसक्छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको  वार्तामा पार्टी एकताको सहमति जुटेको हो । स्रोतका अनुसार दुई नेताबीच पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति जुटेको छ । पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने ओली र प...
नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने

नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने

काठमाडौं, ७ फागुन ।  विश्वकप छनोट खेलमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने भएको छ। क्रिकेट टोलीको सम्मानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी र प्रशिक्षकलाई ३/३ लाख दिने घोषणा गरे। यस्तै खेलाडीहरुलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि १/१ लाख रुयैयाँ दिने भएको छ। नामिवियामा भर्खरै सम्पन्न विश्व क्रिकेट लिग ...
पार्टी एकताको निर्णय सम्भवतः आजै: माधव नेपाल

पार्टी एकताको निर्णय सम्भवतः आजै: माधव नेपाल

काठमाडौं, ७ फागुन ।  एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको बताएका छन् । प्रेस चौतारी नेपालले रौतहटको गौरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समृद्धिको नेतृत्व पनि एमालेले गर्ने जिकिर गरे । पूर्वप्रधानमन्त्री नेपालले एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेकाले छिटै एकीकरण हुने दाबी गरे । उनले एकीकरणको जिम्मा दुवै प...
आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न: नेता नेपाल

आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न: नेता नेपाल

गौर, रौतहट, ७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताउनुभएको छ । पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उहाँले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताउनुभएको हो । रौतहटको गौरमा आफ्...
मालदिभ्स्मा संकटकाल लम्ब्याउन राष्ट्रपतिको आग्रह

मालदिभ्स्मा संकटकाल लम्ब्याउन राष्ट्रपतिको आग्रह

माले, ७ फागुन । मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार यहाँको संसद्लाई देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउनको लागि अनुरोध गर्नुभएको छ । मालदिभ्स्मा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उहाँले आग्रह गर्नुभएको हो । मालदिभ्स्मा गत फेबु्रअरी ५ देखि संकटकाल लागू भएको थियो । यही फेब्रुअरी १ मा मालदिभ्स्को सर्वाेच्च अदालतले यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्न...
जलविद्युत्मा विदेशी विनिमय सुविधासम्बन्धी निर्देशिका कार्यान्वयनमा

जलविद्युत्मा विदेशी विनिमय सुविधासम्बन्धी निर्देशिका कार्यान्वयनमा

काठमाडौँ, ७ फागुन ।  सरकारले विद्युत् आयोजनाका काम गर्न आउने परामर्शदाता, विदेशी प्राविधिक तथा प्रवद्र्धकलाई विदेशी विनिमय सुविधा सिफारिसलाई व्यवस्थित र नियमित गर्न ‘विद्युत् आयोजनाका लागि विदेशी विनिमय सुविधा सिफारिससम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयनमा ल्याएको छ । ऊर्जा मन्त्रालयले गत माघको अन्तिम सातादेखि उक्त कार्ययोजना कार्यान्वयनमा ल्याएको हो । मुलुकमा निर्माणाधीन र निर्माणका क्रममा आउन ...
विश्वकप क्रिकेट छनोट खेल: नेपाली क्रिकेट टोलीको घोषणा

विश्वकप क्रिकेट छनोट खेल: नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, ७ फागुन ।  जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो । घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल का...
जनताको अधिकारका लागि शहीदको बलिदानी: मुख्यमन्त्री भट्ट

जनताको अधिकारका लागि शहीदको बलिदानी: मुख्यमन्त्री भट्ट

कैलाली, ७ फागुन ।  प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको अधिकारका लागि शहीदले बलिदानी दिएको बताउनुभएको छ । सोमबार ६८औँ प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अधिकारका लागि गरेका विभिन्न आन्दोलन र संघर्ष जनताको अधिकार प्राप्तिका लागि रहेको बताउनुभयो । उहाँले शहीदको सपनालाई पूरा गर्नका लागि मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनका दिशामा अगाड...
चितवनमा अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ

चितवनमा अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ

रत्ननगर, चितवन, ७ फागुन । चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको आज उपचारका क्रममा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान १०ः१५ बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । गएराति ८ः३० बजे भएको सो दुर्घटनामा परी स...
कपिलवस्तुमा बुद्धपथ निर्माण गरिने

कपिलवस्तुमा बुद्धपथ निर्माण गरिने

कपिलवस्तु, ७ फागुन ।  कपिलवस्तु नगरपालिकाले स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण गर्ने भएको छ । प्रथम चरणमा तिलौराकोट, कुदान, गोटिहवा, निगालिकोटलगायत सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी पथको सञ्जाल जोड्ने योजना नगरपालिकाको छ । तिलौराकोटदेखि गोबरी, सेमरी हुँदै लक्ष्मीनगरको मार्ग, कुदानदेखि गोटिहवा हँुदै चौबीस हजारी र गोटिहवादेखि छोट्की तौलिहवा हुँदै बर्दहवाको मार्गलाई स्तरोन्नति गरी...
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ: प्रम ओली

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ: प्रम ओली

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीन...
अठसट्ठिऔँ प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

अठसट्ठिऔँ प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

काठमाडौँ, ७ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिपरिषद् सदस्य, मुख्यसचिव, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिक...
इरानमा भएको विमान दुर्घटनाबाट राष्ट्रसंघीय महासचिव स्तब्ध

इरानमा भएको विमान दुर्घटनाबाट राष्ट्रसंघीय महासचिव स्तब्ध

संयुक्त राष्ट्रसंघ, ७ फागुन । इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताउनुभएको छ । इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा आइतबार सो विमान दुर्घटनाग्रस्त भएको थियो । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्स दुर्घटनाग्रस्त भएको छ । सो विमान दुर्घ...
क्यानडाली प्रधानमन्त्री भारत भ्रमणमा

क्यानडाली प्रधानमन्त्री भारत भ्रमणमा

ओटावा, क्यानडा, ७ फागुन ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सात दिन लामो भ्रमणका सिलसिलामा आइतबार भारत आउनुभएको छ । भारतमा रहँदा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च पदस्थ सरकारी उच्च पदस्थ अधिकारी तथा तथा निजी क्षेत्रका व्यवसायीसँग भेटघाट गर्नुहुने छ । प्रधानमन्त्री ट्रुडोले ट्वीटरमा जनाए अनुसार उहाँको भ्रमण मुख्यतः भारत र क्यानडाबीचको सम्बन्ध सुधार तथा रोजगारीका अव...
error: Content is protected !!