काठमाडौं, १५ फागुन । रुसले सीरियामा दैनिक पाँच घण्टा हवाई आक्रमण रोक्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सीरियामा दैनिक पाँच घण्टा युद्धविराम गर्न निर्देशन दिएका हुन् ।

सीरियाका विद्रोही प्रभावित क्षेत्रमा सीरिया सरकारी सेनाले सुरु गरेको सैन्य आक्रमणमा रुसले पनि साथ दिँदै आएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा युद्धविरामको सहमति भए पनि त्यसलाई उल्लंघन गरेको भन्दै रुस र सीरिया सरकारी सेनाको अन्तर्राष्ट्रिय रुपमा आलोचना भएको थियो ।

Advertisement

बीबीसीका अनुसार स्थानीय समयअनुसार मंगलबार बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म रुसी सेनाले आक्रमण रोक्नेछन् । यसको उद्देश्य लडाइँमा फसेका नागरिकहरुलाई उद्धार गर्नु रहेको समाचारमा उल्लेख छ ।

सीरियाको राजधानी दमास्कसको पूर्वी क्षेत्र गुटामा करिब चार लाख मानिसहरु फसेका छन् । गुटा क्षेत्र विद्रोही नियन्त्रित क्षेत्र हो र त्यहाँ रुसको मद्दतमा सीरियाको सरकारी सेनाले लगातार बमबारी गरिरहेको छ ।

सीरियाको अवस्थामा निगरानी गर्दै आएको एक समूहका अनुसार बिगत आठ दिनमा गुटामा अवोध बालबालिकासहित ५५० जनाको मृत्यु भइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!