संविधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा
चितवन। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताए ।
प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए ।
उपप्रधानमन्त्री महराले भने “संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ ।” पत्रकारको एक प्रश्नमा उनले मन्त्रालय भागबण्डामा खासै विवाद नरहेको बताए ।
...
