ताप्लेजुङमा लोप भए झिँगटीले छाएका घर
ताप्लेजुङ । ताप्लेजुङमा झिँगटीले छाएका घर लोप हुन थालेका छन् । कालिगड अभाव र गाउँघर सम्मै विकासले फड्को मार्दा यस्ता घरहरू लोप हुँदै गएका हुन् ।
स्थानीय कला र वास्तुकलालाई समेटेर निर्माण गरिएका यस्ता घर आजभोलि देखिन छाडेका छन् । सिदिङ्वा गाउँपालिका-४ साब्लाखुका जुमप्रकाश गौतम उमेरले ९० वर्ष पुगे ।
उनले झिँगटी बनाउने र घरमा छानो लगाउने काम गरे । उनीसँगै काम गर्ने साथीहरूको निधन भइसक्यो । यसरी ग...






























