पैंतालिस अर्ब ऋण सहयोग
काठमाडौँ, ७ माघ। विश्व बैंकले नेपालको सामाजिक– आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
बैंकले व्यावसायिक शिक्षा तथा तालीम परियोजना ( दोस्रो चरण), पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पेत्तर आवासीय भवन पुनःनिर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋणस्वरूप उक्त रकम उपलब्ध गराउन लागेको हो
...



























