धनकुटामा महिला सुरक्षाको माग राख्दै प्रदर्शन
धनकुटा, ७ असोज । सुरक्षाको माग राख्दै नेपाली कांग्रेसको भगिनी संगठन महिला संघले आइतवार धनकुटामा नारा जुलुश प्रदर्शन गरेको छ ।
कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको जुलुशले बजारका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी सीताराम कार्की समक्ष ज्ञापन पत्र बुझाएको पार्टी सचिव विजयसन्तोषी राईले जानकारी दिए ।
उनीहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि ...





























