धनकुटामा ६ महिनादेखि फलामे साङ्गलोमा युवक (भिडियोसहित)
धनकुटा, १० असोज । उनको अवस्था यति दयनिय छ कि, उनको कष्टकर दैनिकी नियाल्ने जो कोहिलाई पीडा बोध हुने गर्छ । दुवै हात खुट्टा फलामे साङ्गलाले खम्बामा बाधेर पशुलाई जस्तै राखिएको छ । आर्थिक अभावमा उपचारबाट बञ्चित २१ वर्षिय युवकको अवस्था विगत ६ महिनादेखि कष्टकर बन्दै गएको छ ।
धनकुटा नगरपालिका १० मार्गाका मोहन श्रेष्ठ यसरी बन्धक भएका हुन् । धामिझाक्रीको भर पर्दा महिनौंदेखि उनी फलामे साङ्गलाको बन्धनमा प...



























