निगाले सिमेन्ट उद्योगमा स्थानीयले गरे तालाबन्दी
धनकुटा, २० माघ । धनकुटाको छथर जोरपाटी गाउपालिका ६ नाम्जाङमा रहेको निगाले सिमेन्ट उद्योगमा स्थानीयबासीले तालाबन्दी गरेका छन् ।
वातावरण प्रदुषण नियन्त्रण गर्नु पर्ने माग राख्दै आन्दोलनरत स्थानीयले दुई प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा प्रर्दशन गरेका हुन् । गत साता उद्योगका सञ्चालक दिनेश पौडेलमाथि कुटपिटमा सम्लग्न भएको आरोपमा स्थानीय दुई व्यक्तिलाई प्रहरीले विहिवार राति नियन्त्रणम...





























