जयवागेश्वरी पुनःनिर्माण सम्झौता, दुई वर्षमा बन्ने

जयवागेश्वरी पुनःनिर्माण सम्झौता, दुई वर्षमा बन्ने

काठमाडौँ, ४ माघ । भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको छ । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महीना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको थियो । माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दि...
जापानी होटलले कामबाट बर्खास्त गर्यो १२३ रोबोट

जापानी होटलले कामबाट बर्खास्त गर्यो १२३ रोबोट

एजेन्सी  ।   जापानको एउटा होटलमा कार्यरत १२३ रोबोटहरुले रोजगारी गुमाएका छन् । होटलको व्यावस्थापन समितिले पुनः रोबटको स्थानमा मानिसहरुलाई राखेको छ । होटलको क्यू शू द्वीपमा ‘हेन ना’ होटलमा काममा राखिएका २४३ रोबोटमध्ये १२३ वटालाई कामबाट हटाइएको हो । ती रोबोटहरुले होटलमा आउने ग्राहकहरुको काम सजिलो बनाउनको सट्टा मुश्किल बनाइरहेका थिए । रोबोटहरु होटलका पाहुनाको साधारण प्रश्नको उत्तर पनि दिन असक्षम थि...
भियतनामले आतिथ्य गर्ने इच्छा व्यक्त

भियतनामले आतिथ्य गर्ने इच्छा व्यक्त

होनाई, ४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने गइरेहको दोस्रो शिखर सम्मेलनको आतिथ्य भियतनाम गर्ने यहा प्रधानमन्त्रीे गुऐन जुआन फुकले इच्छा व्यक्त गर्नु भएको छ । उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी किम जोङ चोल शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ जानु भएको र उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नु हुने अनुमान गरिएको छ । सो भेट...
चिनी मिल सञ्चालनमा

चिनी मिल सञ्चालनमा

वीरगञ्ज, ४ माघ । सङ्घीय सरकारले उखुको समर्थन मूल्य तोकेपछि प्रदेश नं २ मा रहेका चिनी मिल सञ्चालनमा आएका छन् । मूल्य विवादको कारण करीब दुई महीना ढिलो गरी चिनी मिल सञ्चालनमा आएको हो । यसवर्ष समयमा उखु उद्योग सञ्चालनमा नआउँदा ५० प्रतिशत उखु खेतमै नष्ट हुँदै आएकोमा सरकारले केही दिन अघि यस वर्षका लागि उखुको समर्थन मूल्य प्रति क्विन्टल रु ५३६ रुपैँया ५६ पैसा तोकेपछि उखु उत्पादक किसान र चिनी मिलका सञ्...
कारबम आक्रमणमा २१ को मृत्यु

कारबम आक्रमणमा २१ को मृत्यु

बोगोटा, ४ माघ । कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमण्मा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते भएपछि सरकारले शोकको घोषणा गरेको हो । यस देशमा गएको १६ वर्ष यताको यो सबैभन्दा भिषण आक्रमण भएको सरकारी अधिकारीहरुले बताएका छन् । आतङ्ककारीहरुले ८० किलोग्राम विस्फोटक पदार्थ बोकेको एक सवारी साधन विस्...
विकासप्रतिको जनआकाङ्क्षा बढेको छ : प्रधानमन्त्री ओली

विकासप्रतिको जनआकाङ्क्षा बढेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै विकासप्रतिका जनताका आकाङ्क्षा बढेका बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर’ कालमा उहाँले राजनीतिक परिवर्तनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी संविधानजस्ता ऐतिहासिक उपलब्धि हासिल भएको सन्दर्भमा जनआकाङ्क्षा बढ्नु स्वाभाविक भएको बताउनुभयो । देशको समग्र विकासका लाग...
संसद्मा पहिलोपटक प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

संसद्मा पहिलोपटक प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज संसद् नियमावलीअनुसार पहिलोपटक शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उहाँले सरकार कुनै पनि प्रकारको अनियमितताप्रति सहिष्णुता हुँदैन भन्नुभयो । पहिलो प्रश्नकर्ता सांसद खगराज अधिकारीले कालो धनलाई सेतो बनाउने र गैरकानूनीरुपमा विदेशमा लगानी भएको भन्ने सम्बन्ध...
अत्याधुनिक ‘मौसमी राडार’ सञ्चालनमा आउन सकेन

अत्याधुनिक ‘मौसमी राडार’ सञ्चालनमा आउन सकेन

सुर्खेत, ४ माघ । जनशक्ति अभावका कारण अत्याधुनिक प्रविधिको मौसमको पूर्वसूचना दिने राडार सञ्चालनमा आउन सकेको छैन । विश्व बैंकको सहयोगमा जल तथा मौसम विज्ञान विभागले वीरेन्द्रनगर–१४ स्थित रातानाङला डाँडामा नेपालमै पहिलो मौसमी राडार स्थापना गरिएको हो । नमूनाका रूपमा नेपालमा पहिलोपटक निर्माण गरिएको सो अत्याधुनिक प्रविधिको राडारमा पर्दछ । राडार ११७ फिट अग्लो छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले स...
#10YearChallenge बाट यसकारण टाढै बस्नुहोस्

#10YearChallenge बाट यसकारण टाढै बस्नुहोस्

बीबीसी  यदि तपाईं फेसबुक वा ट्वीटरको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंलाई पक्कै थाहा होला आजकाल सोसल मिडियामा #10YearChallenge भन्दै मानिसहरुले आफ्ना पुराना र नयाँ फोटो दाँजेर पोष्ट गरिरहेका छन् । यदि तपाईंमध्ये कसैले वा तपाईंले चिन्नुभएका कसैले यो ‘च्यालेन्ज’ को धारामा बगेर आफ्नो अहिलेको र १० वा २० वर्ष पुरानो तस्बिरलाई एकसाथ पोष्ट गरिरहेको देख्दा तपाईंलाई पनि यस्तो गरौँ गरौँ लागेको हुनुहपर्छ । ...
अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

काठमाडौँ, ४ माघ । अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् । अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन् । बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआ...
विरालो मार्ने चालकलाई जेल सजायको फैसला

विरालो मार्ने चालकलाई जेल सजायको फैसला

क्वालालमपुर, ३ माघ । मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई बर्षको जेल सजायको फैसला गरेको छ । गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनवर अधिकारवादी कानुन व्यवसायी ए. मोहनराजले अनावश्यक रुपमा चालकले विरालोलाई मारेको अभियोग लगाउदै कारबाहीको माग गर्नुभएको थियो । क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम...
इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौँ, ४ माघ । इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । नेपालको ...
अनशनकारी थापालाई पनि काठमाडौँ लगियो

अनशनकारी थापालाई पनि काठमाडौँ लगियो

भद्रपुर, ४ माघ । चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गर्नुभएका युवा विजय थापालाई आज बिहान थप उपचारका लागि झापाबाट काठमाडौँ लगिएको छ । नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टर आज बिहान १० बजे अनशनकारी थापालाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौँ उडेको हो । इलाममा अर्का अनशनकारी प्राडा गोविन्द केसीसँगै अनशन बस्नुभए...
तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

राँझा, ४ माघ । बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । विसं २०७० माघमा उनीहरु गाउँका मङ्गल बमसँगै भारत गएर सम्पर्कविहीन भएका थिए । गत पुस २१ ...
नवलपरासीमा बँदेल आतङ्क

नवलपरासीमा बँदेल आतङ्क

परासी, ४ माघ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा बँदेल आतङ्क बढेको छ । सो वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रस्त भएका छन् । नजिकैको जङ्गलबाट आएका बँदेलले आतङ्क मच्चाउनाका साथै अहिलेसम्म चारजनालाई घाइते बनाइसकेको छ । बँदेलले खेतमा लगाइएको हिउँदे बालीलाई नोक्सानी पुर्याउनाका साथै मानिसलाई आक्रमण गर्न थालेपछि दिउँ...
विद्युत चोरी गर्ने ४१ कारवाहीमा

विद्युत चोरी गर्ने ४१ कारवाहीमा

लमही, ४ माघ । चालू आर्थिक वर्षको अहिलेसम्म नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत चोरी गर्ने ४१ लाई कारवाही गरेको छ । चालु आर्थिक वर्षको माघसम्म पोलबाट विद्युत् हुकिङ गरेर घरायसी प्रयोजनमा ल्याउने ४१ जनाको घरमा छापामारी घरधनीलाई पक्राउ गरिएको उक्त केन्द्र प्रमुख दीपकजङ्ग चौधरीले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका व्यक्तिलाई विद्युतीय सामग्री प्रयोगको आधारमा रु दुई हजारदे...
पर्वतको विहादीमा आगलागी

पर्वतको विहादीमा आगलागी

पर्वत, ४ माघ । दक्षिण पर्वतको बिहादी गाउँपालिका–४ र ५ मा पर्ने वहाकी र उरामपोखराको जङ्गलमा आगालागी भएको छ । स्थानीय ल्होल्से सामुदायिक वन र सालघारी सामुदायिक वनमा बिहीबार बिहान ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । वनमा लागेको आगोले सयौँ हेक्टर वन नष्ट गरिसकेको स्थानीयवासी ऋषिराम भुसालले जानकारी दिनुभयो । आगो अहिले सालघारीमाथिको भीरमा लागिरहेको छ । विहादी–४ वहाकीको लिङ्सिङ, तलातु...
५० जना क्षमताको कारागारमा २७४ कैदीबन्दी कोचिदा सकस

५० जना क्षमताको कारागारमा २७४ कैदीबन्दी कोचिदा सकस

घोराही, ४ माघ । दाङको घोराहीमा रहेको कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् । कारागारका सूचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी छन् । उक्त कारागारमा ठाउँ अभावका कारण पुरुषलाई मात्र राखिएको छ । त्यसमा पनि क्षमताभन्दा पाँच गुणा धेरै कैदीबन्दी बस्न बाध्य छन् । कारागारका प्रमुख पर्साराम भुसालले जाडोमा भन्दा पनि गर्म...
मध्यरातमा डा. केसीलाई काठमाडौं लगियो

मध्यरातमा डा. केसीलाई काठमाडौं लगियो

काठमाडौं ,३ माघ। आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइएको छ । डा. केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । तर, बिहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए । रात परिसकेकाले इलाममा हेलिकोप्टर ल्याण्ड गर्ने अवस्था थिएन । त्यसैले इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याइ...
इँटा उद्योगको पर्खाल भत्कँदा दुई बालबालिकाको मृत्यु

इँटा उद्योगको पर्खाल भत्कँदा दुई बालबालिकाको मृत्यु

काभ्रेपलाञ्चोक, ३ माघ । पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित वीर हनुमान इँटा उद्योगको पर्खाल (डिग वाल) भत्कँदा आज दुई जना बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । उद्योगको गारो भत्कँदा रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका–१ का ज्ञानबहादुर परियारका तीन वर्षीया छोरी जेनिसा र रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका–३ का नवीन विकका ११ महीनाका छोरा निर्माणको मृत्यु भएको प्रहरी चौकी...
सरकारले रेल किन्ने : पानीजहाज चलाउन कार्यालय स्थापना

सरकारले रेल किन्ने : पानीजहाज चलाउन कार्यालय स्थापना

काठमाडौँ, ३ माघ । सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको छ । मन्त्रिपरिषद्को गत पुस २९ बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेका बेला सरकारले सरकारी तहमा नै रेल इञ्जिन खरीद गर्न लागेको हो । कूल ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रे...
अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन ९–१३ मा

अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन ९–१३ मा

काठमाडौँ, ३ माघ । दोस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म यहाँ हुने भएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान)ले आज पत्रकार सम्मेलन गरी यस पटकको महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेको जनाएको छ । महोत्सवमा देखाइने चलचित्रमध्ये नेपालका १६ वटा हुनेछन् । सोका लागि छ फिचर र १० लघु चलचित्र छनोटमा परेका छन् । बाँकी अन्य...
तातोपानी नाकाको समयमै काम सक्न निर्देशन

तातोपानी नाकाको समयमै काम सक्न निर्देशन

मेलम्ची, ३ माघ । चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् । नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका उपमहानिर्देशक भाइसीको नेतृत्वमा आएको टोलीले आज तातोपानी नाका क्षेत्रको अनुगमन गरिएको नेपालको तर्फबाट अनुगमनमा सहभागी बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले जानकारी दिनुभयो । “मे ...
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ, ३ माघ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा भने निर्माणको क्रम जा...
डेम्बेले चीन जाने

डेम्बेले चीन जाने

एजेन्सी । इङ्लिस प्रियिमर लिगको क्लब टोटेनह्यामले मिडफिल्डर मोउसा डेम्बेलेलाई बेच्ने भएको छ । टोटेनह्यामले डेम्बेलेलाई चीनियाँ सुपर लिगको क्लब ग्वान्झाउ आर एन्ड एफमा १ करोड १० लाख पाउन्डमा बेच्न लागेको हो । ३१ वर्षे डेम्बेलेको यही सिजन टोटेनह्यामसँगको सम्झौता सकिँदै थियो । तर टोटेनह्यामले अन्तर्राष्ट्रिय विदाअघि नै उनलाई चीनियाँ क्लबमा बेचेको हो । बेल्जियमका डेम्बेले बेजिङ गुवानमा जाने भनिए पनि...
शेयर बजार : सामान्य अङ्कले घट्यो

शेयर बजार : सामान्य अङ्कले घट्यो

काठमाडौँ, ३ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १८७.७७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत झिनो अङ्कले मात्रै घटेको छ । उक्त परिसूचक ०.५ विन्दुले घटेर २५१.०१ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६४ कम्पनीको आठ लाख ३५ हजार ८२६ ...
तीन सय ६० भैँसीलाई सुत्केरी भत्ता !

तीन सय ६० भैँसीलाई सुत्केरी भत्ता !

काभे्रपलाञ्चोक, ३ माघ । पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ । नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “हामीले यस वर्ष भैँसी संरक्षण अभियान...
सुख्खा बन्दरगाहको शिलान्यास

सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौँ, ३ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्नुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उहाँले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणले स्वदेशी वस्तुसमेत निर्यात गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विदेशबा...
छाउपडी बस्न बाध्य बनाउनेलाई कारवाही

छाउपडी बस्न बाध्य बनाउनेलाई कारवाही

काठमाडौँ, ३ माघ । महिला तथा सामाजिक समितिले छाउपडी बस्न बाध्य बनाउने व्यक्ति, समूह वा कुनै पनि सङ्घसंस्थालाई कानूनको दायरामा ल्याई कारवाही गर्न गृह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश दिएको छ । ‘छाउपडी प्रथा अन्त्यका लागि सचेतना अभिवृद्धि गर्ने कार्यलाई प्रभावकारी बनाउन’ सिंहदरबारस्थित समितिको कार्यालयमा आज आयोजित बैठकमा समितिले तसर्थ, छाउपडी बस्न बाध्य बनाउने, यस्ता कुरी...
महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, ३ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने समूह ‘बी’ को उपविजेताक...
बदलीः हल्का वर्षा हुने

बदलीः हल्का वर्षा हुने

काठमाडौँ, ३ माघ । काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । अबको एक दुई दिन देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । उपत्यकाको आजको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । राति आकाशमा बादल ल...
error: Content is protected !!