धरानका रमेश प्रसाईले जिते पब्लिक स्पीकरको उपाधि
काठमाडौं, ११ माघ। पब्लिक स्पीकर नेपाल २ को उपाधि धरानका रमेश प्रसाईले हात पारेका छन् । फाइनल चरणमा ५ जना प्रतिष्पर्धीलाई पछि पार्दै रमेशले उपाधि हात पारेका हुन् ।
देशका १२ स्थानमा भएको अडिसनमा सहभागी ११ सय प्रतिष्पर्धीबाट रमेशले उपाधि माथि कब्जा जमाए । उनले प्रमुख उपाधिको साथै पब्लिक स्पीकर नेपाल २ को पव्लिक च्वाइस अवार्ड विधा समेत हात पार्न सफल भए । रमेशले नगद तीन लाख र ट्रफी हात पारे । रमेश प...
































