नेपालगञ्जमा हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

नेपालगञ्जमा हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

नेपालगञ्ज, १३ साउन । हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । विश्व हिन्दू परिषद्ले आयोजना गरेको उक्त सम्मेलनमा हिन्दू संस्कार, नैतिक शिक्षालगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा जर्मनी, भारत, अमेरिका, बहराइन, क्यानडालगायत ११ मुलुकका ७० जना धार्मिक विषयका ज्ञाता तथा नेपालका ५४ जिल्लाका करिब ३५० प्रतिनिधिको सहभगिता रहेको छ । हिन्दू संस्कारका लागि बाँके र बर्दियामा ...
उपत्यकाका पाँच नगर प्रमुखको भेला, चारबुँदे निर्णय सार्वजनिक

उपत्यकाका पाँच नगर प्रमुखको भेला, चारबुँदे निर्णय सार्वजनिक

भक्तपुर, १३ साउन । भूकम्पपछिको ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणका बारेमा काठमाडौँ उपत्यकाका ऐतिहासिक सम्पदा रहेको पुराना पाँच नगरपालिकाहरुको विशेष छलफलसहित चारबुँदे निर्णय गरेका छन् । आज इतिहास मै पहिलो पटक नगरपालिकाबीच सम्पदाको संरक्षण, पुनःनिर्माण र विकासका लागि नगरप्रमुखहरुले एकै ठाउँमा भेला भई गम्भीर छलफल गरी भएको चारबँुदे निर्णय सार्वजनिक गरेका हुन् । भक्तपुर नगरपालिकाले आयोजना गरेको काठम...
मिर्गाैला तस्करी गरेको आरोपमा पाँच पक्राउ

मिर्गाैला तस्करी गरेको आरोपमा पाँच पक्राउ

चितवन, १३ साउन । मिर्गाैला तस्करी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको विज्ञप्तिमा विभिन्न मिति र स्थानबाट उनीहरुलाई पक्राउ गरेको उल्लेख गरिएको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका–४ बस्ने ४१ वर्षीय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय विक्रम पहरी, मकवानपुर जिल्...
विदेश पठाइदिने भन्दै ४२ लाख ठगी गर्ने तीन पक्राउ

विदेश पठाइदिने भन्दै ४२ लाख ठगी गर्ने तीन पक्राउ

काठमाडौँ, १३ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै पाँच व्यक्तिसँग रु ४२ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उत्तर कोरियास्थित कृषि फार्ममा राम्रो रोजगारीको अवसर छ भनेर पाँच जना व्यक्तिसँग जनही रु सात लाख लिने सिन्धुलीका ३० वर्षीय रामबहादुर थापा, मकवानपुरका २७ वर्षीय दिनेश श्रेष्ठ र ३१ वर्षीया कल्पना ढुंगानालाई कपन र मह...
विश्व बाघ दिवसः वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता

विश्व बाघ दिवसः वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता

चितवन, १३ साउन । प्राकृतिक रुपमा बाघलगायत वन्यजन्तुको मृत्युबारे संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् । विश्व बाघ दिवसको अवसरमा आज बिहान चितवनको रत्ननगरमा भएको अन्तक्र्रिया तथा सचेतनामूलक कार्यक्रममा सहभागीले वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता व्यक्त गर्दै त्यसको कारण पत्ता लगाउनुपर्नेमा जोड दिए । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाल...
कर्मचारी समायोजन एक महीनापछि, पहिलो प्राथमिकता स्थानीय तह

कर्मचारी समायोजन एक महीनापछि, पहिलो प्राथमिकता स्थानीय तह

काठमाडौँ, १३ साउन । सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ । स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले एक महीनापछि शुरु हुने कर्मचारी समायोजनमा सबैभन्दा पहिले स्थानीय तहमा कर्मचारी परिपूर्त...
चितवन राष्ट्रिय निकुञ्जमा ३ वर्षमा ११ बाघ मरे

चितवन राष्ट्रिय निकुञ्जमा ३ वर्षमा ११ बाघ मरे

चितवन, १३ साउन । चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२/७३ मा एउटा, २०७३/७४ मा एउटा र २०७४/७५ मा चारवटा बाघ जुधेर मरेका थिए । उक्त अवधिमा एउटा बुढो भएर, एउटा उपचारको क्रममा एउटा विषादी परेर मरेका थिए भने दुई वटा मर्नुको कारण खुल्न सकेको थिएन । पछिल्लो तथ्यांकअनुसा...
भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो

नयाँदिल्ली, १३ साउन । भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन् । त्यसैगरी दशौँ लाख मानिस घरबारविहीन भएका छन् भने देशका छ प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ । भारतमा जुलाई र अगस्ट महिनामा अत्यधिक वर्षा हुने गर्दछ । भारतका टेलिभिजन च्यानलहरुले का...
किशोरी बलात्कारमा जानकारी दिन सरकारलाई निर्देश

किशोरी बलात्कारमा जानकारी दिन सरकारलाई निर्देश

काठमाडौँ, १३ साउन । सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देश दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदको मागपछि सभामुख महराले सो घटनाका ...
इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प, १० को मृत्यु

इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प, १० को मृत्यु

जकार्ता, १३ साउन । इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन् । भूकम्पको धक्का बाली समेत धेरै टाढाटाढासम्म अनुभव गरिएको थियो । अमेरिकी जियालजिकल सर्भेका अनुसा...
जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

काठमाडौँ, १३ साउन । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार दुई बजे बस्ने भएको छ । समितिको बैठक आज बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर हुनुभएको र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिनुभ...
३६ लाख घुससहित रुपन्देहीका भवन तथा शहरी विकास कार्यालय प्रमुख इन्जिनियर पक्राउ

३६ लाख घुससहित रुपन्देहीका भवन तथा शहरी विकास कार्यालय प्रमुख इन्जिनियर पक्राउ

रुपन्देही,१२ साउन । रुपन्देहीका भवन तथा शहरी विकास कार्यालय प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ पररेका छन्। ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयलले पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिएका छन् । आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको हो। ठाकुरसहित उनकी श्रमीतलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। ठाकुर घुस वापतको ...
पौने तीन करोड राजश्व संकलन

पौने तीन करोड राजश्व संकलन

त्रिशूली, नुवाकोट, १२ । जिल्ला प्रशासन कार्यालय गत आर्थिक वर्षमा झण्डै रु पौने तीन करोड राजश्व असुल गर्न सफल भएको छ । कार्यालयले आव २०७४/७५ मा रु दुई करोड ६९ लाख ४० हजार ८९५ राजश्व संकलन गरेको जनाएको छ । शुक्रबार सार्वजनिक विवरणअनुसार प्रशासन कार्यालयले सबैभन्दा बढी राहदानीबाट राजश्व असुल गरेको छ । चार हजार ९६८ राहदानी वितरण गरेको जिप्रकाले राहदानीवापत रु दुई करोड ६० लाख दुई हजार ५०० राजश्व संक...
त्रिशूली बस दुर्घटना अपडेट: ६ को मृत्यु १६ घाइते, २३ जनाको उद्धार

त्रिशूली बस दुर्घटना अपडेट: ६ को मृत्यु १६ घाइते, २३ जनाको उद्धार

चितवन, ११ साउन । काठमाडौंबाट पोखरा हिँडेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूलीमा खसेको छ। शुक्रबार दिउँसो यात्रुवाहक बस त्रिशूलीमा खस्दा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उद्दारमा खटिएका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीले बताए । उनका अनुसार ५/६ जनाको मृत्यु भएको हुनसक्ने भए पनि पुष्टि भने नभएको उनले बताए । अहिलेसम्म २३ जनाको उद्धार गर...
इरानको अमेरिकालाई चेतावनीः तिमी युद्ध सुरु गर, अन्त्य हामी गर्छौं

इरानको अमेरिकालाई चेतावनीः तिमी युद्ध सुरु गर, अन्त्य हामी गर्छौं

काठमाडौँ, ११ साउन । इरान र अमेरिकाबीचको तनाव लगातार बढिरहेको छ । यी दुई देशले एक अर्कालाई लगातार धम्की दिइरहेको छ । बिहिबार इरानले अमेरिकालाई अर्को धम्की दिएको छ । इरानको विशेष सेनाका एक कमान्डरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धम्की दिएका छन् । उनले भने, ‘यदि अमेरिकाले इरानमाथि हमला गरे अमेरिकाको सबैकुरा ध्वस्त पारिदिन्छौं ।’ मेजर जनरल कासिम सुलेमानीको भनाई उद्धृत गर्दै इरानी समाचार एजेन...
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

चितवन,११ साउन । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो । दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

काठमाडौँ, ११ साउन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो। बिहीबार उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बुझिएको छ। उनको हत्या गरिएको अवस्थामा शुक्रबार बिहान मात्रै शव फेला परेको छ। घरदेखी १ किलोमिटरको दुरीमा खोलापारी रहेको उखुबारीभित्र उनको हत्या गरेर फालिएको अवस्थामा शव भ...
भक्तपुर पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

भक्तपुर पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

भक्तपुर, ११ साउन । आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गर्नुभएको हो । उहाँले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत पुग...
आज राति खग्रास चन्द्रग्रहण लाग्ने, यि राशि भएका व्याक्तिलाई लाभ मिल्ने

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, यि राशि भएका व्याक्तिलाई लाभ मिल्ने

काठमाडौँ, ११ साउन ।  २०७५ साल साउन ११ गते राति  पूर्णिमा तिथिका दिन तदनुसार २०१८ जुलाई २७/२८ मा खग्रास चन्द्र ग्रहण लाग्नेछ । एक्काईसौ शताब्दिको सबैभन्दा लामो चन्द्रग्रहण नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया,  लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिनेछ । केहि समय फिक्का रातो र केहि समय पुरै रातो देखिने भएकोले यसलाई ब्लडमुन पनि भनिएकोछ । यो संयोग लगभग १००...
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

नवलपरासी, ११ साउन । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिनुभय...
सबै अस्थायी शिक्षक हट्ने

सबै अस्थायी शिक्षक हट्ने

काठमाडौँ, ११ साउन । सरकारलाई वर्षोंदेखि टाउको दुखाईको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षाको समस्या यस वर्षदेखि पूर्णरुपमा हल हुने भएको छ। अस्थायी शिक्षाको समस्या समाधन भएसँगै विद्यालय शिक्षाको हालको सिकाई स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास रहेको छ। अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एकलाख सात हजार छ। यसमध्ये करिब ७० हजार शिक्षकमात्र दरबन्दीमा कार्यरत छन्। अन्य शिक्षक अस्थायी ...
अाज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

अाज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौँ, ११ साउन । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै दिन परेको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकम...
सार्वजनिक संस्थान निर्देशन बोर्ड खारेज

सार्वजनिक संस्थान निर्देशन बोर्ड खारेज

काठमाडौँ, १० साउन । सरकारले सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन तथा कार्यसञ्चालन आदेश, २०६९ बमोजिम संस्थान निर्देशन बोर्ड खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको स्वामित्वमा रहेको चलअचल सम्पत्ति तथा दायित्व अर्थ मन्त्रालयमा कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले मिलिनियम च्यालेन्ज एकाउण्ट ...
जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

टोकियो, १० साउन । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उहाँको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो । सन् १९०१ को मे २ तारिखमा जन्मिनु भएका मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक हुनुहुन्थ्यो । गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो । आइतबार निधन हुनु भएकी मियाक...
पाकिस्तानका पूर्वक्रिकेट खेलाडी इमरान भावी प्रधानमन्त्रीको चर्चामा

पाकिस्तानका पूर्वक्रिकेट खेलाडी इमरान भावी प्रधानमन्त्रीको चर्चामा

काठमाडौँ, १० साउन । पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पुग्नुभएको छ । खान नेतृत्वको टोलीले नै पाकिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि दिलाउ...
आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने सम्भावनातर्फ चनाखो रहन सुझाव

आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने सम्भावनातर्फ चनाखो रहन सुझाव

काठमाडौँ, १० साउन । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज अपराह्न नेपालस्थित अमेरिकी राजदूत अलाइन बी टेप्लिजले रक्षा मन्त्रालयमा आज बिदाइ भेट गरी खुला सीमा भएकाले आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने बढी सम्भावना भएको तर्फ चनाखो रहन सुझाव दिनुभएको छ । आफ्नो तीन वर्षको कार्यकाल पूरा गरेर स्वदेश फर्किनुअघि राजदूत टेप्लिजले नेपालको राजनीतिमा आएको परिवर्तनलाई सकारात्मक रुपले अमेरिकाले हेरेको बताउँदै ...
रसुवामा पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

रसुवामा पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

रसुवा, १० साउन । गए राति टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ जना पुगेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार अहिलेसम्म नौ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा नुवाकोटकी (ठेगाना खुल्न बाँकी) समिला विक, नुवाकोट ककनीका सुमो जीप चालक रमेश तामाङ, रसुवा गोसाइँकुण्ड गापा–२ टिमुरेका कामी भनिने दोर्जे वाङ्जु घले, उनकी श्रीमती कार्साङ किमो घले, रसुवा गोसाइँकुण्ड गापा–१ थुमनक...
शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

काठमाडौँ, १० साउन । आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिनुभयो । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको...
न्यायिक समितिमा सुँगुर, बंगुरले दुर्गन्ध फैलाएको मुद्दा

न्यायिक समितिमा सुँगुर, बंगुरले दुर्गन्ध फैलाएको मुद्दा

ललितपुर, १० साउन । ललितपुर महानगरपालिका बस्तीनजिक सुँगुर, बुंगुरलगायतका जनावर पाल्दा दुर्गन्ध फैलिएको भन्दै मुद्दा आउन थालेका छन् । महानगरपालिकाका उपप्रमुखको अध्यक्षतामा रहने न्यायिक समितिमा बंगुरलगायतका पशु पाल्दा विभिन्न खालका प्रदूषण फैलिएको भन्दै स्थानीयवासीले मुद्दा हाल्न थालेका हुन् । महानगरपालिकामा सबैभन्दा बढी प्रदूषणसम्बन्धी मुद्दा आइरहेको न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले बताउनुभ...
पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा

पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, १० साउन । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गर्नुभएको छ । नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको समयमा यसरी हिंसात्मक हमला गरी कसैको ज्यान लिने कार्यको जस्तोसुकै शब्दमा निन्दा गरेपनि कम हुन्छ– उहाँका प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ । ...
दक्षिणी सिरियामा आइएस आक्रमण, २५० को मृत्यु

दक्षिणी सिरियामा आइएस आक्रमण, २५० को मृत्यु

बेरुत, १० साउन । दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ । यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताए । सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा बुधबार ती आक्रमणहरु भएका थिए । “आक्रमणबाट सरकार समर्थक लडाक...
error: Content is protected !!