बिनोद बिष्ट/संगालोखबर

काठमाण्डौं, २१ साउन । ललितपुरको गोदवरी नगरपालिका–१३ झरुवारासीमा रहेको सन्तानेश्वर महादेब मन्दिरमा सोमबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ ।

Advertisement

साउनको सोमबारलाई हिन्दु धर्मावलम्वीहरुले बिशेष रुपमा मनाउँने भएकाले पनि बिहानैदेखि पुजा आराधनाका लागि श्रद्धालुको घुँईचो लागेको हो । सतीदेबीको ओठ पतन भएर सन्तानेश्वरको उत्पती भएको कथन छ ।

यस मन्दिरमा आएर माग्दा सन्तान नहुनेले सन्तान प्राप्त गर्ने तथा सन्तान भईसकेकाहरुको सन्तानको उन्नती प्रगती तथा दिर्घायु हुने जनविश्वास छ ।

फरकिलो फाट वीचमा अग्लो पहाडको टुप्पोमा रहेको सन्तानेश्वरलाई कैलास पर्वतको रुपमा पनि मान्ने गरिन्छ । साउनमा भक्तजनको भीड बढ्ने गरेको यस मन्दिरमा सोमबारको दिन झनै भिड बढेको हो ।

मन्दिरको पुजा लाईनमा भेटिएका कोटेश्वरका पारसमणी कोइरालाले चिताएको पुरा हुने जनविश्वासका कारण सन्तानेश्वर आएको प्रतिक्रिया दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!