पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्दै कामपा

पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्दै कामपा

काठमाडौँ, १० साउन ।  काठमाडौँ महानगरपालिकास्थित शहरी योजना आयोगले आलू आर्थिक वर्षमा पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ बनाउने सहितका अन्य कार्य गर्ने भएको छ । पुराना कामलाई निरन्तरता दिने र नयाँ ३० वटा काम गरिनेमा यहाँको पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्ने काम नयाँ र महत्वपूर्ण काम भएको उक्त योजना आयोगका सदस्य–सचिव सरोज बस्नेतले जानकारी दिए । यसरी शुरु हुने काममा टेकुमा रहेको पचली भैरव...
बालक अपहरण र हत्या अभियोगमा तीनजनामाथि मुद्दा दायर

बालक अपहरण र हत्या अभियोगमा तीनजनामाथि मुद्दा दायर

वीरगञ्ज, १० साउन । करीब दुई महिनाअघि बालक अपहरण गरी हत्या गरेको आभियोगमा एक महिलासहित तीनजना माथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने रामप्रवेश साह, सोही ठाउँ बस्ने पार्वतीदेवी गिरी तथा भारतको बेतिया बस्ने सुरज गिरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ जितपुर बस्ने ललनप्रसाद साहका नौ वर्षीय छोरा अंक...
चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

काठमाडौँ, १० साउन । एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो । जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो । जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो । ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएको भन्दै सरकारले समेत प्राथमिकतामा राख्न सकेको थिएन निगमलाई । भएका दुई वटा पूराना जहाज मार्फत अन्तर्राष...
नेपाल र भारतबीच नदी सिमानाका ५७ स्थानमा स्तम्भ निर्माण हुँदै

नेपाल र भारतबीच नदी सिमानाका ५७ स्थानमा स्तम्भ निर्माण हुँदै

काठमाडौँ, १० साउन । नेपाल र भारतबीच नदी सिमाना रहेका ५७ स्थानमा सीमा स्तम्भ निर्माण गरिने भएको छ । दुई देशबीच विगत लामो समयदेखि नदी सीमा क्षेत्रमा स्थानीयस्तरमा समस्या रहँदै आएपछि उक्त समस्याको निराकरण दीर्घकालीन रुपमै गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको नापी विभागले गृहकार्य गरिरहेको छ । नेपालका २७ जिल्ला र भारतका चार प्रदेशका २० जिल्ला नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास...
प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”

प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”

काठमाडौैँ, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गरेका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले तयार गरेको व...
अर्काे जोडी गैंडाको नामाकरण – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

अर्काे जोडी गैंडाको नामाकरण – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

चितवन, १० साउन । सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैंडाको पनि नामाकरण गरेको छ । सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए। ढकालले केन्द्रबाटै ती गैंडाको नामकरण भएर चितवन निकुञ्जमा एसएमएस प्राप्त भएको बताए । गैंडा लैजानै मिति भने यकिन भएको छैन । हाल च...
पुष्पलाल पार्कलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै

पुष्पलाल पार्कलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै

काठमाडौं, १० साउन । कीर्तिपुर नगरपालिकाले चम्पादेवीस्थित पुष्पलाल पार्क तथा त्यस वरपरका क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने भएको छ । स्थानीय क्षेत्रमा रहेको प्राकृतिक सौन्दर्य, पैदल मार्गलगायत पर्यटनको पर्याप्त सम्भावना रहेका कारण त्यहाँ पर्यटनको लागि पूर्वाधार विकास गर्न लागिएको छ । पार्कलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका परिचित गराउने लक्ष्य लिइएको छ भने चालू आवमा कीर्तिपुर एकीकृ...
१५ महिनामा निर्माण हुनुपर्ने पुल ६ वर्षमा पनि बनेन

१५ महिनामा निर्माण हुनुपर्ने पुल ६ वर्षमा पनि बनेन

जाजरकोट, १० साउन । जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन । सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको छ वर्ष बित्दा पनि जग मात्र...
वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) अवतरण

वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) अवतरण

काठमाडौँ, १० साउन । नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान मकालु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ । विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका हुन् । विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक ...
धुलिखेलमा यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते

धुलिखेलमा यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते

बनेपा, १० साउन । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् । भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । खड्काका अनुसार घाइतेको धुलिखेल अस्पत...
मङ्गल ग्रहमा फेला पर्‍यो पानीको ताल

मङ्गल ग्रहमा फेला पर्‍यो पानीको ताल

काठमाडौँ। अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान रहेको प्रमाण फेला पारेका छन्। उनीहरूले फेला पारेर प्रस्ताव गरेको ‘जलाशय’ सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै २० किलोमिटर चौडा छ। यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका थिए। तर स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परे...
फरार अभियुक्त तीन वर्षपछि पक्राउ

फरार अभियुक्त तीन वर्षपछि पक्राउ

भक्तपुर, १० साउन । हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार भएका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । विसं २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका–३ बस्ने ७० वर्षीया गौतम हमालको हत्या गरी फरार रहेका २४ वर्षीया सन्जोग मल्ल ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले निजकै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिए । भक्तपुर जिल्ला अदालतले दोष...
रसुवामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन

रसुवामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन

काठमाडौं,  १० साउन । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे मृत्यु भएको छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिराेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा हाेटल पुरिँ...
पाकिस्तान आमनिर्वाचन: इमरान खानको पार्टीलाई शुरूवाती ‘अग्रता’

पाकिस्तान आमनिर्वाचन: इमरान खानको पार्टीलाई शुरूवाती ‘अग्रता’

काठमाडौँ, १० साउन । पाकिस्तानमा आमनिर्वाचनपछि जारी मतगणनामा पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले शुरूवाती अग्रता लिएको देखिएको छ। औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेका छन्। पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल-एनले चुनावमा अनियमितता भएको आरोप लगाएको छ। सो पार्टीका नेता शहबाज शरिफले चुनावको नतिजाल...
नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना

नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना

काठमाडौँ, ९ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र पोर्चुगलका विदेशमन्त्री अबस्टो सान्टोस सिल्भाबीच आज पोर्चुगलको राजधानी लिस्बनमा भएको भेटवार्तामा नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोर्चुगलका लागि नेपाली राजदूत अम्बिका देवी लुइँटेल र पोर्चुगलको विदेश मन्त्रालयका बाह्य नीति विभागका महानिर्देशक पेड्रो कोष्टा पेरेरियाले सो समझदारीपत्रम...
पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ को मृत्यु

पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ को मृत्यु

इस्लामावाद, ९ साउन । हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ । नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय समय अनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे अन्त्य भएको घोषणा गरिएको थियो । निर्वाचनको मतपरिणाम भने २४ घण्टाभित्रमा सार्व...
पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

काठमाडौँ, ९ साउन । पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन् । प्रवासी नेपाली मञ्च पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा सहभागीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसमक्ष दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीले धेरै प्रकारका समस्या झेल्नुपरेको बत...
डाँका मुद्दाका फरार अभियुक्त ७ वर्ष पछि पक्राउ

डाँका मुद्दाका फरार अभियुक्त ७ वर्ष पछि पक्राउ

तनहूँ, ९ साउन । डाँका मुद्दाका फरार एक व्यक्तिलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यास–१४ निवासी ४४ वर्षीय मिठु सापकोटा भन्ने राजु सापकोटा क्षेत्रीलाई पक्राउ गरी आज तनहुँ जिल्ला अदालतमा पेश गर्दा अदातलको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । विसं ०६९ साल जेठ २९ गते राति जिल्लाको साविक राइपुर गाविस वडा नं. ४ बस्ने ५९ वर्षीय रुकप्रसाद लम्सालको घरमा हतियार देखाएर दुई तोला स...
विश्व हेलिकोप्टर प्रतियोगिता शुरु

विश्व हेलिकोप्टर प्रतियोगिता शुरु

मिन्स्क, ९ साउन  । बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६ औँ हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने बताइएको छ ।...
बुद्धमूर्तिसहित पाँच हजार साधकको ध्यानस्थल बन्दै

बुद्धमूर्तिसहित पाँच हजार साधकको ध्यानस्थल बन्दै

पोखरा, ९ साउन । पर्यटकीय नगरी पोखराको उत्तरपूर्वी भेगमा अवस्थित रमणीय काँहु डाँडामा ८० मिटर उचाइको विशाल बुद्धको मूर्तिसहित पाँच हजार साधकले एकै साथ ध्यान गर्ने ध्यानस्थल बन्ने भएको छ । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको सक्रियतामा पोखरा महानगरपालिका–११ स्थित उक्त स्थलमा कूल एक सय ७८ रोपनी क्षेत्रफलभित्र बुद्धमूर्ति सहितका संरचना निर्माण गर्न लागिएको हो । समितिका सचिव राजबहादुर...
गृहमन्त्री बादलसँग अमेरिकी राजदूतको बिदाइ भेट

गृहमन्त्री बादलसँग अमेरिकी राजदूतको बिदाइ भेट

काठमाडौँ, ९ साउन । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले नेपालको अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको बताउनुभएको छ । गृहमन्त्री रामबहादुर थापासँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा उहाँले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा समेत जिज्ञासा राख्नुभएको थियो । जवाफमा मन्त्री थापाले ती विषय मन्त...
भरतपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा हवाई फायर

भरतपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा हवाई फायर

चितवन, ९ साउन । भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि आज दिउँसो भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको छ । सो क्रममा अश्रुग्यास, हवाईफायर र ढुंगामुढा हुँदा प्रहरी र तीनपाङ्ग्रे चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार तीनपाङ्ग्रेका चालकले जिल्ला ...
ब्रिक्स सम्मेलनमा अमेरिकी “संरक्षणवाद”को आलोचना हुने सम्भावना

ब्रिक्स सम्मेलनमा अमेरिकी “संरक्षणवाद”को आलोचना हुने सम्भावना

जोहानेसबर्ग, ९ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनीया राष्ट्रपति सी जिनपिङ तथा ब्रिक्समा आबद्ध उदीयमान अर्थतन्त्र भएका अन्य नेताले दक्षिण अफ्रिकामा हुने ब्रिक्सको शिखर बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सामग्रीमाथि गरेका करवृद्धिमाथि तीव्र आलोचना गर्ने सम्भावना रहेको छ । यी करहरु, र अमेरिकी व्यापारिक साझेदार मुलुकले प्रतिशोध स्वरुप लगाएका करले विश्व आर्थिक वृद्धिका सम्बन्...
औपनिवेशकालीन श्रमिकका अवशेष जापानबाट फिर्ता ल्याउन पहल शुरु

औपनिवेशकालीन श्रमिकका अवशेष जापानबाट फिर्ता ल्याउन पहल शुरु

सिओल, ९ साउन । उत्तर र दक्षिण कोरियाली नागरिक समूहहरु सन् १९१०–४५ को औपनिवेशिक युगमा जापानमा जबर्जस्ती श्रममा लगाइएका कोरियालीको अवशेष फिर्ता ल्याउन एउटा समिति बनाउन सहमत भएका छन् । मेलमिलाप तथा सहयोगसम्बन्धी कोरियाली परिषद्का प्रमुख कीम होङ–गूलका अनुसार, आफू र आफ्ना उत्तर कोरियाली समकक्षी कीम योङ–डाईबीच यस संयुक्त अभियानका बारेमा उत्तर कोरियाली राजधानी प्योङयाङमा हस्ताक्षर भएको छ । कीम योङ–डाई ...
पाकिस्तानको मतदान केन्द्रमा बिस्फोट हुँदा २८ जनाको मृत्यु, ३५ घाईते

पाकिस्तानको मतदान केन्द्रमा बिस्फोट हुँदा २८ जनाको मृत्यु, ३५ घाईते

पाकिस्तान, ९ साउन । पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् । पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् । मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर उनले प्रवेशद्वारमा नै विस्फोटन ...
टुंगो लाग्न सकेन गणतन्त्र स्मारक सञ्चालन गर्ने कार्यविधि र निकाय

टुंगो लाग्न सकेन गणतन्त्र स्मारक सञ्चालन गर्ने कार्यविधि र निकाय

काठमाडौँ, ९ साउन। गणतन्त्र स्मारक निर्माण सम्पन्न भएको दुई महिना बिते पनि कसले कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि तयार नहुँदा निर्माण व्यवसायीले हस्तान्तरण गर्न पाएका छैनन् । गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते नै हस्तान्तरण गरी सञ्चालन गर्न सक्ने गरी स्मारक तयार भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एवम् भवन महाशाखा प्रमुख मणिराम गेलाल स्मारक सञ्चालन कार्यविधिको मस्यौदा तय...
स्थानीय तहलाई संगठन संरचना र दरबन्दी पठाउन निर्देशन

स्थानीय तहलाई संगठन संरचना र दरबन्दी पठाउन निर्देशन

काठमाडौँ, ९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई अहिले भएको संगठन संरचना र दरबन्दी पठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत स्थानीय तहको अन्तरिक संगठन, संरचना तथा दरवन्दीअनुसार स्थानीय तहमा कर्मचारी समायोनका लागि सबै स्थानीय तहबाट संगठन संरचना र दरबन्दी पठाउन निर्देशन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार स्वी...
यो भाषण जसले कानुन मन्त्रीको पद गयो, भिडियो हेर्नुस्

यो भाषण जसले कानुन मन्त्रीको पद गयो, भिडियो हेर्नुस्

काठमाडौँ। कानुन मन्त्री शेरबहादुर तामाङको मन्त्री पद खोसिएको छ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुका विषयमा मन्त्री तामाङले दिएको गैरजिम्मेवार र आपत्तिजनक भाषणका कारण पद गएको हो । मन्त्री तामाङले भनेका थिए -‘हामीले हाम्रा चेलीहरुलाई पढ्नका लागि बंगलादेशमा पठाउँछौँ, तर उनीहरुले आफूलाई नसुम्पेसम्म सर्टिफिकेट प्राप्त गर्न सक्ने अबस्था छैन् ।’ कानुनमन्त्री तामाङले आफ्ना अभिव्यक्तिको बच...
मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको छ: परराष्ट्रमन्त्री ज्ञवाली

मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको छ: परराष्ट्रमन्त्री ज्ञवाली

लिस्बन, ९ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताएका छन् । अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको उनले बताए। प्रवासी नेपाली मञ्च, पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने,–“जनताले स्थिरता र स...
सगरमाथामा फोहर बढेकोप्रति सरोकारवालाको चिन्ता

सगरमाथामा फोहर बढेकोप्रति सरोकारवालाको चिन्ता

काठमाडौँ, ९ साउन । विश्वव्यापी तापमान र जलवायु प्रदूषणको प्रभावले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा परेको प्रभावप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले मंगलबार आयोजना गरेको सफा सगरमाथा अभियान विषयक अन्तक्र्रियाका वक्ताले नेपालको पर्यटन प्रवद्र्धनमा हिमालको पहिलो भूमिका भएकाले तीनको संरक्षणमा र सफाइको लागि प्रभावकारी कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्...
डिभाइडरमा कार ठोक्किँदा एकको मृत्यु तीन घाइते

डिभाइडरमा कार ठोक्किँदा एकको मृत्यु तीन घाइते

भक्तपुर, ९ साउन । भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको बा ३ च ८३१७ नम्बरको निजी कार सडक डिभाइडरमा ठोक्किँदा कार चालक सिन्धुली घर भई हाल सूर्यविनायक बस्ने ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका राउतको उपचार...
error: Content is protected !!