४० वर्षीय बालकरामले छेडे जिब्रो, दैवी शक्ति प्राप्त हुने विश्वास

४० वर्षीय बालकरामले छेडे जिब्रो, दैवी शक्ति प्राप्त हुने विश्वास

भक्तपुर, १० असोज । मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेका छन् । उनले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडेका हुन् । विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उनले हजारौँ मानिसको अगाडि जिब्रो छेडेका हुन् । जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै हुनुपर्...
कोरिया सरकारद्वारा पचपन्न करोड अनुदान

कोरिया सरकारद्वारा पचपन्न करोड अनुदान

काठमाडौँ, १० असोज । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरका ...
हवाइ सेवा प्रभावित हुँदा खुम्बुको पर्यटनमा असर

हवाइ सेवा प्रभावित हुँदा खुम्बुको पर्यटनमा असर

सोलुखुम्बु, १० असोज । सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो । असार महिनामा मौसम प्रतिकूलताको कारण नियमित उडान बन्द गरेका निजी कम्पनीका विमानले असोज पहिलो साता बितिसक्दा पनि फाप्लु विमानस्थलमा नियमित उडान गर्न सकेका छैनन् । काठमार्डाँदेखि सल्लेरी सीधा...
‘नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधैँ पन्छाउने गरेको छ’ : प्रधानमन्त्री ओली

‘नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधैँ पन्छाउने गरेको छ’ : प्रधानमन्त्री ओली

न्यूयोर्क, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गरेका छन् । संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कारवाही’ ९एक्सन फर पिसकिपिङ को उच्चस्तरीय बैठकमा प्रधान...
पोखराकी श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि, १६ घण्टामै हत्यारा पक्राउ

पोखराकी श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि, १६ घण्टामै हत्यारा पक्राउ

काठमाडौं, १० असोज । पोखरामा सोमबार साँझ मृत भेटिएकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि भएको छ । बिस्कुट किन्न भनेर श्रेया सोमबार साँझ घरबाट निस्केकी थिईन् । उनी साँझ अवेरसम्मपनि घर नआएपछि परिवारको सदस्यले खोजि गर्दापनि भेटेका थिएनन् । तर श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् । उनको टाउकोमा केही चोटहरु र छेउमा ढुङ्गाहरु थिए । यो घटना भएको १६ ...
नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि

काठमाडौँ, १० असोज । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ । गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । सोही भ्रमणका क्रम...
अब ‘विशेष काम’मा पनि रातो पासपोर्ट

अब ‘विशेष काम’मा पनि रातो पासपोर्ट

काठमाडौँ, १० असोज । कूटनीतिक राहदानी (रातो पासपोर्ट) वाहक व्यक्तिले अब सरकारी कामको सिलसिलासँगै अन्य ‘विशेष काम’का लागि पनि राहदानी प्रयोग गर्न पाउने भएका छन् । राहदानी ऐन संशोधन गर्न बनेको विधेयकमार्फत् संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कूटनीतिक राहदानी प्रयोगको दायरा बढाएको हो । विशेष काम कस्तो कस्तोलाई मान्ने ? भन्ने परिभाषा विधेयकले गरेको छैन । कूटनीतिक र विशेष राहदानी प्रयोगको व्यवस्...
धनकुटामा ६ महिनादेखि फलामे साङ्गलोमा युवक (भिडियोसहित)

धनकुटामा ६ महिनादेखि फलामे साङ्गलोमा युवक (भिडियोसहित)

धनकुटा, १० असोज । उनको अवस्था यति दयनिय छ कि, उनको कष्टकर दैनिकी नियाल्ने जो कोहिलाई पीडा बोध हुने गर्छ । दुवै हात खुट्टा फलामे साङ्गलाले खम्बामा बाधेर पशुलाई जस्तै राखिएको छ । आर्थिक अभावमा उपचारबाट बञ्चित २१ वर्षिय युवकको अवस्था विगत ६ महिनादेखि कष्टकर बन्दै गएको छ । धनकुटा नगरपालिका १० मार्गाका मोहन श्रेष्ठ यसरी बन्धक भएका हुन् । धामिझाक्रीको भर पर्दा महिनौंदेखि उनी फलामे साङ्गलाको बन्धनमा प...
दुलही भित्र्याउने तयारी गर्दागर्दै दोलखामा बलात्कारको आरोपमा दुलाहा पक्राउ

दुलही भित्र्याउने तयारी गर्दागर्दै दोलखामा बलात्कारको आरोपमा दुलाहा पक्राउ

दोलखा, १० असोज । विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेका हुन् । बलात्कृत भएको दाबी गर्दै ती किशोरले उजुर गर्नेबित्तिकै दुलही भित्राउने कार्यक्रममै प्रहरी पुगेको थियो । कार्यक्रम भइरहँदा दुलाहा शान...
प्रधानमन्त्री ओली महासचिव गुटेरेसद्वारा आयोजित स्वागत समारोहमा सहभागी

प्रधानमन्त्री ओली महासचिव गुटेरेसद्वारा आयोजित स्वागत समारोहमा सहभागी

न्यूयोर्क, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ उक्त समारोहमा सरिक हुनुभएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन यहाँ आइपुग्नुभएका विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा मङ्गलब...
अनुराग फिल्मका नायक समुन्द्र र नायिका एलिजा विराटनगरमा

अनुराग फिल्मका नायक समुन्द्र र नायिका एलिजा विराटनगरमा

विराटनगर, ९ असोज । एरिका फिल्मस् प्रोडक्सनले तयार पारेको ‘अुनराग’ नेपाली कथानक चलचित्रका नायक तथा नायिका विराटनगरमा आईपुगेका छन् । आगामी आसोज १२ गते शुक्रबार नेपालभर प्रदर्शनमा आउन लागेको फिल्मलाई प्रचार–प्रसार गर्ने अभियानमा मंगलबार विराटनगर आएका हुन् । नेपालका चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम र नव—नायक समुन्द्र पण्डितले डेब्यु गरेको चलचित्र ‘अनुराग’ हो । पत्रकार सम्मेलनमा नायक ना...
यू–१८ साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

यू–१८ साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौँ, ९ असोज । दक्षिण एशियाली फुटबल महासङ्घको आयोजनामा भूटानमा हुने साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको खेलतालिका आज सार्वजनिक भएको छ । यही असोज १२ गतेदेखि हुने उक्त च्याम्पियनसिपमा दक्षिण एशियाका विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा श्रीलङ्का भने सहभागी छैन । नेपाल भने समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा बङ्गलादेश र पाक...
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

धनकुटा, ९ असोज । तेह्रथुमको लालिगुराश नगरपालिका वडा न ४ चित्रे बजारमा मंगलबार बेलुका करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय दीपक रायमाझिको घरमा टीन ठोक्ने क्रममा माथिबाट गएको हाइटेन्सन लाइनमा ठोकिएर करेन्ट लागेर धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. १ का ५० वर्षिय भैरव बहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्टले सरिरका विभिन्न भाग जलेपछि तत्काल उनको मृत्यु भएको ...
अखिल (क्रान्तिकारी) र अनेरास्ववियुको संयुक्त सरसफाइ

अखिल (क्रान्तिकारी) र अनेरास्ववियुको संयुक्त सरसफाइ

धनकुटा, ९ असोज । अखिल (क्रान्तिकारी) र अनेरास्ववियु क्याम्पस समितिले मंगलबार धनकुटा बहुमुखी क्याम्पस हातामा संयुक्त रूपमा सरसफाइ कार्यक्रम आयोजना गरेका छन् । सरसफाई कार्यक्रममा अखिल (क्रान्तिकारी) र अनेरास्ववियु आवद्ध विद्यार्थीको उत्साहजनक सहभागिता थियो । सरसफाईमा सम्लग्न विद्यार्थीले क्याम्पस सफा राख्न र उत्पादन भएको फोहोर वस्तु आफै व्यवस्थापन गर्न नियमित रुपमा अभियान थालिने बताए । फोहोरलाई ...
यू–१८ स्कुल च्याम्पियनसीप फुटबल: नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित

यू–१८ स्कुल च्याम्पियनसीप फुटबल: नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित

काठमाडौँ, ९ असोज । भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले आज चीनलाई पराजित गर्दै विजयी भएको छ । भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा हार बेहोरेको थियो । नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो । नेपालको जि...
हिलेमा उच्च स्तरिय वेयर हाउस निर्माण, अलैची भण्डारण पहिलो प्राथमिकता

हिलेमा उच्च स्तरिय वेयर हाउस निर्माण, अलैची भण्डारण पहिलो प्राथमिकता

धनकुटा, ९ असोज । धनकुटा नगरपालिका १ हिलेस्थित टिमुरेमा उच्च स्तरिय वेयर हाउस निर्माण कार्य सम्पन्न भएको छ । पाँच महिना अघि थालिएको कृषिजन्य वस्तु भण्डारण गर्ने वेयर हाउस निर्माण कार्य सम्पन्न भएको हो । डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति नेपाल कार्यक्रम, उद्योग वाणिज्य संघ, १ नं.प्रदेश सरकार र नेपाल अलैची व्यवशायी महासंघको संयुक्त पहलमा ३ करोड १४ लाखको लागतमा वेयर हाउस निर्माण गरिएको हो । ...
शेयर बजार लयमा, अर्ब बढीको कारोवार

शेयर बजार लयमा, अर्ब बढीको कारोवार

काठमाडौँ, ९ असोज । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर कारोवारमापक नेप्से परिसूचक २२ दशमलव ३ बिन्दुले बढेर एक हजार २७९ दशमलव ९८ बिन्दुमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाले बोनस दिन थालेको र शेयरमा लगानीका लागि क्रमशः वातावरण बन्दै गएको भन्दै बजारमा लगानीकर्ता ओइरिएपछि नेप्से परिसूचक र कारोबार रकममा समेत वृद्धि भएको हो । सोमबारको बिदा पछि खुलेको बजारमा रु एक अर्...
अलैँची खेतीमा रम्दै भोजपुरका कृषक

अलैँची खेतीमा रम्दै भोजपुरका कृषक

भोजपुर, ९ असोज । भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैँची खेतीमै समय व्यतित गर्नुहुन्छ । एकसय रोपनी जमिनमा अलैंँची खेती गर्दै आउनुभएका उहाँले वार्षिक रू एकलाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । कृषक पाण्डे भन्नुहुन्छ, “पहिलो पटक मैले अलैँंची चाखेको बेला मलाई त्यो फल निकै ...
शान्ति विश्वविद्यालय स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत

शान्ति विश्वविद्यालय स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौँ, ९ असोज । प्रतिनिधिसभाको आजको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथि छलफलका क्रममा उठेका जिज्ञासामा गृहमन्त्री थापाले विश्वविद्यालयले शान्ति स्थापनाका लागि महत्वपूर्ण ...
त्रियुगा जनता बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने

त्रियुगा जनता बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने

गाईघाट, ९ असोज । तत्कालीन सगरमाथा अञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पसको रुपमा २०४४ सालदेखि स्थापना भई सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट मोतिगडामा अवस्थित त्रियुगा जनता बहुमुखी क्याम्पस अब प्रदेश नं १ को विश्वविद्यालय बनाउने तयारी शुरु भएको छ । गत आइतबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले त्रियुगा जनता बहुमुखी क्याम्पसको नवौँ साधारणसभाको उद्घाटन गर्दै सो क्याम्पसलाई प्रदेश नं...
ताप्लेजुङको दोभानस्थित तमोर नदीको पुल सञ्चालनमा

ताप्लेजुङको दोभानस्थित तमोर नदीको पुल सञ्चालनमा

ताप्लेजुङ, ९ असोज । ताप्लेजुङसहित पूर्वकै समृद्धिसँग जोडिएको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथि मोटर चल्ने पुल बनेको छ । निर्माण शुरु भएको झण्डै एक दशक पुग्न लाग्दा उक्त पुलले आफ्नो स्वरुप पाएको छ । अढाइ वर्षभित्रै बनाउने गरी २०६६ सालमा कन्काइ, मैनाचुली र याक्थुङ्हाङ गरी तीन निर्माण कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग करीब रु १० करोडको लागतमा पुल निर्माण सम्झौता गरेका थिए । विभिन्न बहाना देख...
आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपालीको क्षमताबारे प्रमले सन्देश दिने

आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपालीको क्षमताबारे प्रमले सन्देश दिने

न्यूयोर्क, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले प्रधानमन्त्रीले लोकतन्त्रतर्फको अविचलित निष्ठा तथा प्राथमिकता, आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपाली जनताको रचनात्मक क्षमता तथा समृद्ध तथा सुखी नेपालीको नाराका विषयमा अन्य मुलुकका नेतालाई सन्देश दिन चाहनुभएको बताउनुभएको छ । प्रमुख सल्लाहकार रिमालले रासस र नेपाल टेलिभिजनसँग कुरा गर्दै न्यूयोर्कमा...
पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

रौतहट, ९ असोज  । पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको छ । लालबकैया नदीस्थित टिकुलिया घाटमा समयमा पुल निर्माण नसकिएका कारण डुंगा दुर्घटना भएको भन्दै जिप्रकाले प्रक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिनुभयो । गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा गत भदौ ८ गतेको डुंगा दुर्घटना हुँदा५ जनाको मृत्यु भएक...
दशैँमा घर जान टिकट लिनेको घुइँचो, पश्चिम नेपाल जाने टिकट खुलेन

दशैँमा घर जान टिकट लिनेको घुइँचो, पश्चिम नेपाल जाने टिकट खुलेन

काठमाडौँ, ९ असोज । नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत भदौ ३१ गते असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै टिकट खुलाउन मानेप...
धनकुटाकी थापा भईन् जीपी फाउण्डेशनको प्रदेश संयोजक

धनकुटाकी थापा भईन् जीपी फाउण्डेशनको प्रदेश संयोजक

धनकुटा, ९ असोज । गिरिजा प्रसाद कोईराला प्रतिष्ठानको प्रदेश संयोजकमा धनकुटाकी नेतृ इन्दिरा थापा नियुक्त भएकी छन् । कांग्रेस नेता एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको उक्त प्रतिष्ठानको १ नम्बर प्रदेश संयोजकमा थापालाई चयन गरिएको हो । फाउण्डेशनका अध्यक्ष एवं स्व.कोइराला पुत्री सुजता कोइरालाले थापालाई प्रदेश संयोजकमा मनोनित गरेकी हुन् । संयोजकमा नियुक्त भए...
बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन, शिक्षा प्रमुखको जिम्मेवारी स्रोत व्यक्तिलाई

बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन, शिक्षा प्रमुखको जिम्मेवारी स्रोत व्यक्तिलाई

बैतडी, ९ असोज । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय संरचनामा गई स्थानीय सरकार गठन भएको एक वर्ष बढी बितिसक्दा समेत यहाँका छ गाउँपालिका र चार नगरपालिका अझै शिक्षा शाखा प्रमुखबिहीन बनेका छन् । शिक्षा शाखा प्रमुखबिहीन हुँदा जिल्लाका स्थानीय तहले शिक्षासम्बन्धी कामकाज गर्न असहज भएको जनाएका छन् । नगरपालिकामा उपसचिव...
‘अमेरिकी संरक्षणवादले विश्व आर्थिक प्रणालीलाई अवमुल्यन ग¥यो’

‘अमेरिकी संरक्षणवादले विश्व आर्थिक प्रणालीलाई अवमुल्यन ग¥यो’

बेइजिङ, चीन । अमेरिकी सरकारले व्यापार संरक्षणको कठोर उपाय गरेको र यसले विश्वको आर्थिक प्रणालीलाई नै अवमुल्यन गरेको चिनियाँ विदेश परिषद्को सूचना कार्यालयले सोमबार जारी स्वेतपत्रमा बताइएको छ । चीन–अमेरिका व्यापार तनावबारे तथ्य र चीनको अवस्था नामक स्वेतपत्रमा भनिएको छ, “अमेरिकी सरकारले लिएको संरक्षणवादी व्यापार नीतिले चीन–अमेरिका व्यापार तथा आर्थिक सम्बन्धलाई विगारेको छ । यसले विश्वको व्यापार सम्ब...
बङ्गबन्धु गोल्डकप: आजदेखि बन्द प्रशिक्षण

बङ्गबन्धु गोल्डकप: आजदेखि बन्द प्रशिक्षण

काठमाडौँ, ९ असोज । बङ्गलादेशको राजधानी ढाकामा यही असोज १५ गतेदेखि शुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ । एन्फा मैदान सातदोबाटोमा शुरु भएको उक्त प्रशिक्षणमा विराज महर्जनको कप्तानीमा २० खेलाडी सहभागी रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जजनले जानकारी दिए । साविक विजेता भएका कारण नेपालले यसपटक सोझै बङ्गबन...
सबै नेपालीलाई शेयरः तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्दै सरकार

सबै नेपालीलाई शेयरः तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्दै सरकार

काठमाडौँ, ९ असोज । सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ । ‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अवधारणा अगाडि सारिएको हो । दुई करोड ८० लाखभन्दा बढी नेपाली नागकिरलाई...
नेपाललाई करातेमा रजत पदक

नेपाललाई करातेमा रजत पदक

काठमाडौँ, ९ असोज । ‘ब्रिटिस ओपन इन्टरनेशनल कराते प्रतियोगिता’मा नेपालले पुरुष टिम कुमुतेमा रजत पदक । जितेको छ । ब्रिटिस कराते फेडरेसनको आयोजनामा बेलायतको लेस्टरमा सोमबार सम्पन्न प्रतियोगितामा नेपालका विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामाले प्रतिस्पर्धा गरेका थिए । स्कटल्याण्डका खेलाडीलाई पराजित गर्दै सो समूह फाइनमा पुगेको हो । प्रशिक्षकको भूमिकामा समेत रहनुभएका शाक्यका अनुसार सोनामल...
प्रधानमन्त्री अमेरिकी राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा सहभागी

प्रधानमन्त्री अमेरिकी राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा सहभागी

न्यूयोर्क, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पद्वारा सोमबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ । उक्त समारोहमा प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ सहभागी हुनुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियले संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन यहाँ आइपुग्नुभएका विभिन्न मुलुकका...
error: Content is protected !!