रोजगार बोर्ड स्थापनाको एक दशकः ज्यान गुमाएका व्यक्तिका परिवारलाई डेढ अर्ब भुक्तानी
काठमाडौँ, १७ कात्तिक । वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड आजदेखि दशौँ वर्षमा प्रवेश गरेको छ ।
रोजगारीका लागि खुला गरिएको ११० गन्तव्य मुलुकमा श्रम गरिरहेका बेला ज्यान जानेलगायत भवितव्य परी ज्यान गुमाएका छ हजार ७९० मृतकका परिवारलाई बीमा र...






























