उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो

वि.सं. २०७४ साल पुस २५ गते। मंगलबार। इश्वी सन् २०१८ जनवरी ९ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– अष्टमी, २०:५० बजेउप्रान्त नवमी।

Advertisement
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। साँझतिर आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। साँझदेखि रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै लाभ उठाउन सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला। अनावश्यक साइनो गाँस्नेहरूसँग पनि सावधान रहनुपर्ला। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। साँझतिर स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सहयोगीहरू जुट्नाले चिताएका काम बन्नेछन्। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। साँझतिर भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
काममा केही अवरोध देखिए पनि पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफन्तसँग भेटघाट होला। तर आगन्तुकले अलमल्याउने हुँदा आँटेको काम समयमा पूरा नहुन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। साँझतिर विवादास्पद काममा जुट्नुपर्ने हुन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनेछ भने विभिन्न अवसर प्राप्त हुनेछन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विशेष अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझदेखि चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ। अर्थ अभावले पनि सताउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मिहिनेतले नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले राम्रो कर्मफल प्राप्त हुनेछ। लगनशीलताले विशेष अवसर दिलाउनेछ। सामाजिक दायित्व पनि प्राप्त हुनेछ। साँझदेखि गोपनीयतामा ध्यान दिनुपर्ला। आम्दानीका स्रोत भेटिए पनि लाभांश अरूको हातमा पर्न सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
श्रम परे पनि लाभांश अरूको हातमा पर्न सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि फलप्राप्तिमा बाधा हुन सक्छ। आफ्नो वस्तुमा समेत अरूले दाबी गर्न सक्छन्। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझदेखि भने स्थितिमा सुधार आउनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। पेसा र व्यापारमा पनि राम्रै फाइदा हुनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। अरूका काममा समय खर्चनुपर्ला। समस्या दर्साउँदा सहयोगी भने फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइबाट सहयोग जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। साँझदेखि अप्ठ्यारो परिस्थिति आउनाले उपलब्धि सोचेजस्तो नहोला।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!