- संगालोखबर सम्वाददाता

धनकुटा, २४ पुस । प्रादेशिक राजधानीको माग गर्दै धनकुटामा जारी आन्दोलनको स्वरुप परिवर्तन गरिएको छ । सोमबार अपरान्ह बसेको आन्दोलन परिचालन समितिको बैठकले आन्दोलनको रुवरुप परिवर्तन गरेको हो ।

सरकारले तत्काल प्रादेशिक राजधानी नतोक्ने देखिएपछि सर्वसाधरणको समस्यालाई मध्यनजर गर्दै आन्दोलनलाई सामान्यकरण गरिएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार दिउँसो १२ देखि १ बजेसम्म १ घण्टा धनकुटाको जिरोपईन्ट र हिलेमा चक्काजाम गरी मन्त्रालयको बोर्ड राखिएका कार्यालयमा सरकारी झण्डा गाड्ने निर्णय भएको छ ।

Advertisement
धनकुटाको परिचयमोडमा सोमबार बन्दका क्रममा रोकिएका सवारी साधन । तस्वीर: रबिन कटेल/संगालोखबर

त्यस्तै बुधबार पनि १२ देखि १ बजेसम्म १ घण्टा चक्काजाम गरी साँझ मसाल जुलुश गरिनेछ । यता बिहिबार भने मन्त्रीपरिषद बैठक बस्ने भएकाले एकदिने जिल्ला बन्द आवहन गरिएको आन्दोलन परिचालन समितिले जनाएको छ । धनकुटालाई प्रादेशिक राजधानीको माग गर्दै बिगत २५ दिनयता निरन्तर प्रदर्शन भईरहेको छ ।

सरकारले बिराटनगरलाई प्रादेशिक राजधानी तोक्ने गरी खाका तयार गरेको समाचार सार्वजनिक भएपछि धनकुटाबासीले आमहड्ताल आवहन गरेका थिए । सरकारले माग संबोधनमा चासो देखाए आन्दोलन फिर्ता हुँने भएपनि माग संबोधनमा ध्यान नदिए आन्दोलन अझै चर्किने आन्दोलन परिचालन समिति संयोजक श्रेष्ठले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!