प्रदेशको राजधानी सोमबार तोकिने
काठमाडौं, २८ मंसिर । सरकारले आगामी सोमबार मात्रै प्रदेशको अस्थायी मुकाम तोक्ने भएको छ । मन्त्रिपरिषद बैठक बसेर सात प्रदेशको अस्थायी मुकाम आजै तोक्ने चर्चा यसअघि भएपनि आज क्याबिनेट बैठक नै नराखिएकाले मुकाम तोक्न अरु तीन दिनपछि धकेलिएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार बिहीबार क्याविनेट बैठक बोलइएको छैन । परियारले नियमित बैठक सातामा एक दिनमात्र हुने र गत सोमबार ...


























