सिकार खेल्न जाँदा साथीले बोकेको बन्दुक पड्किएर किशोरको मृत्यु
सिन्धुपाल्चोक, २९ मंसिर । साथीले बोकेको भरुवा बन्दुक पड्कदा सिन्धुपाल्चोकमा एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेलम्बु गाउँपालिका–५ बोल्दे बस्ने १५ बर्षीय दिनेश तामाङ रहेका छन् ।
विहीबार उनी समेतका सोही ठाउँ बस्ने २५ बर्षीय पासाङ तामाङ र १८ बर्षीय सुनिल तामाङ चौरीखोर सामुदायीक बनमा शिकार खेल्न गएका थिए । सोही क्रममा किल्मो खोला भन्ने स्थानमा पासाङ तामाङले बोकेको भरुवा बन्दुक पड्कदा दिनेश...




















