‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

काठमाडौं, १९ माघ । सामसङले ‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन तथा धेरै विशेषताहरु भएको भनिएको उक्त फोनको मूल्य बजारमा ५९ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ । यस ग्यालेक्सी ए८ प्लसमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरी कार्डको प्रयोग गरी दुई सय ५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको कम्पनीले जनाएको छ ।यो सामसङको पहिलो डुअल क्यामरायुक्त...
इटहरीमा प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला हुने

इटहरीमा प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला हुने

इटहरी, १८ माघ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ सुनसरीले इटहरीमा एक नं प्रदेस स्तरीय क्यान इन्फोटेक मेला  फागुन २३ गते देखी २७ गते सम्म  गर्ने भएको छ। सूचना तथा सञ्चार प्रविधिकाे क्षेत्रमा काम गर्दै अाएकाे कम्प्युटर ब्यवसायिहरूकाे संगठन क्यान महासंघ सुनसरीले बुधबार पत्रकार सम्मेलनकाे अायाेजना गर्दै साे कुराकाे जानकारी गराएकाे हाे । इटहरी स्थित जनता  माविकाे खेल मैदानमा लाग्ने उक्त मेल...
विद्युत् महशुल अब अनलाइनबाटै

विद्युत् महशुल अब अनलाइनबाटै

लहान, १७ माघ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आजदेखि अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा शुरु गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी आजबाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा प्रारम्भ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिनुभयो । वितरण केन्द्रमै आएर महशुल बुझाउँदै आएका ग्राहकले अनलाइन प्रविधिमार्फत अब इ सेवा, महालक्ष्मी...
अन्तरिक्ष अध्ययन तारामण्डल अवलोकनमै सीमित

अन्तरिक्ष अध्ययन तारामण्डल अवलोकनमै सीमित

काठमाडौं, १७ माघ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय  परिसरमा ४ हजार २ सय वर्गमिटर क्षेत्रफलको ठूलो भवन छ ।  बिपी मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालय नाम दिइएको यो संस्था २६ वर्षपहिले अन्तरिक्ष विज्ञान अध्ययनका लागि स्थापना गरिएको हो । संस्थाले अहिले नगरकोटमा रहेको वेधशालाबाट आकाशीय पिण्डको दृश्यावलोकन गर्नेबाहेक अन्य काम गर्न सकेको छैन । २०४८ सालमा स्थापना भएको यो संस्थ...
क्यान इन्फोटेकमा ३ लाख ७६ हजार दर्शक

क्यान इन्फोटेकमा ३ लाख ७६ हजार दर्शक

काठमाडौं, १७ माघ ।  यस वर्षको क्यान इन्फोटेकमा तीन लाख ७६ हजार दर्शकले अवलोकन गरेका छन् । ६ दिनसम्म चलेको सुबिसु क्यान इन्फोटेक–२०१८ मंगलबार सम्पन्न भएको छ । गत वर्षभन्दा यसपालि ६६ हजारभन्दा धेरै दर्शकले अवलोकन गरेको क्यान महासंघका प्रबन्धक सुवास पौडेलले बताए । उनका अनुसार पोहोर साल तीन लाख १० हजार दर्शकले मेलाको अवलोकन गरेका थिए । क्यानले मेला आवलोकन गर्न आएका दर्शकले काटेको टिकट र उसले नि...
सूचना, सञ्चार तथा प्रविधि मेला शुरु

सूचना, सञ्चार तथा प्रविधि मेला शुरु

काठमाडौँ, ११ माघ।  सूचना, सञ्चार तथा प्रविधि मेलाको २४आँै संस्करण आजदेखि भृकुटीमण्डपमा शुरु भयो । यही माघ १६ गतेसम्म जारी हुने सो मेलामा १५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । क्यान इन्फोटेक नाम दिएको सो प्रदर्शनीलाई करिब चार लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । सूचना प्रविधिसित सम्बन्धित विभिन्न कम्पनीद्वारा संयुक्त रुपमा आयोजित स...
विद्यार्थीलाई साइबर अपराध  र सूचनाको हक सम्बन्धी प्रशिक्षण

विद्यार्थीलाई साइबर अपराध र सूचनाको हक सम्बन्धी प्रशिक्षण

गुल्मी,९ माघ । गुल्मीमा साइबर अपराध र सूचनाको हक बारे विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ । निजामती कर्मचारी श्रीमती संघ केन्द्रीय कार्यालय काठमाडौंको आयोजनामा मंगलबार जिल्लाको सदरमुकाम तम्घासमा कार्यक्रम गरिएको हो । साइबर अपराधले समाजमा हुने समस्याहरु र सूचनाको हक के हो, सूचनाको हक कसरी प्रयोग गर्ने, भन्ने बारे कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा सदरमुकाम तम्घासका...
फेसबुकले न्युज फिडमा महत्वपूर्ण परिवर्तन गर्दै

फेसबुकले न्युज फिडमा महत्वपूर्ण परिवर्तन गर्दै

न्युयोर्क, २८ पुस ।  सामाजिक सञ्जाल फेसबुकले न्युड फिडमा परिवर्तनको योजना सार्वजनिक गरेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘व्यवसाय, ब्राण्ड र मिडियालाई पोस्टको कम महत्व र यसको सट्टा परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी’ परिवर्तन गर्न लागेको जानकारी दिएका छन्। उनका अनुसार अब फेसबुकमा परिवारका सदस्यसँगको साथीसँगको सम्वादलाई प्रोत्साहित गर्ने सामग्...
सूचना महामार्गमा नेपालको अर्को ठूलो फड्को, जोडिए अब नेपाल र चीन

सूचना महामार्गमा नेपालको अर्को ठूलो फड्को, जोडिए अब नेपाल र चीन

काठमाडौँ, २८ पुस । नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी) मा जोडिएका छन् ।  निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को आजबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको हो । योसँगै दुई कम्पनीले एक अर्काका देशमा दूरसञ्चार व्यवसाय विस्तार गर्न पाउने छन् । नेपाल १ दशमलब ५ जिबी प्रतिसेकेण्ड क...
अब मोबाइलको स्क्रीनमै फिंगरप्रिन्ट

अब मोबाइलको स्क्रीनमै फिंगरप्रिन्ट

स्मार्टफोन उत्पादनको क्षेत्रमा नयाँ प्रविधि भित्रिएको छ । हालसम्म स्मार्टफोनको मुनी वा पछाडिपट्टी फिंगरप्रिन्ट स्क्यानर राखिँदै आइएकोमा अब भने यस्तो फिंगरप्रिन्ट मोबाइलको स्क्रीनमै हुने भएको छ । विश्वकै पहिलो स्क्रीनमै फिंगरप्रिन्ट भएको मोबाइल सार्वजनिक गरेको छ चिनीयाँ कम्पनी भिभोले । वनप्लस कम्पनीको अब आउने स्मार्टफोनमा स्क्रीनमै फिंगरप्रिन्ट हुने चर्चा चलिरहँदा चीनकै कम्पनी भिभोले अमेरिकामा च...
मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान

मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान

काठमाडौँ, २८ पुस। मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ । विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा मौसमी राडार जडानको प्रक्रिया शुरु भइसकेको विभागका महानिर्देशक डा ऋषिराम ...
चीनको इन्टरनेट नेपालमा शुक्रबारदेखि सञ्चालन

चीनको इन्टरनेट नेपालमा शुक्रबारदेखि सञ्चालन

काठमाडौं, २७ पुस । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । आजको नयाँ पत्रिकामा खबर छ । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुँदै छ । त्यसपछि नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्धता जना...
ओपो एसियाली बजारमा उत्कृष्ट ब्राण्ड

ओपो एसियाली बजारमा उत्कृष्ट ब्राण्ड

काठमाडौं,२६ पुस । ओपो ब्राण्डले एसियाली बजारमा १५ प्रतिशत बजार हिस्सा ओगट्दै उत्कृष्ट स्थान हात पार्न सफल भएको छ । ओपोले भिभो, सियाओमी, सामसुङ र हुआवे लगायत स्मार्टफोन निर्मातालाई पछि पार्दै अग्रणी स्थान हात पार्न सफल भएको हो । प्राविधिक मार्केट रिचर्स फर्म काउण्टरपोइन्टले आफ्नो नयाँ प्रतिवेदनमा उल्लेख गरे अनुसार ओपोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सा सहित भिभो दोस्रो स्थानमा रहेको छ भने १२ प्...
एप्पलले किन स्लो बनायो पुरानो मोडेलका आइफोन ? कारण यस्तो रहेछ

एप्पलले किन स्लो बनायो पुरानो मोडेलका आइफोन ? कारण यस्तो रहेछ

एप्पलका पुराना मोडेलका आइफोन प्रयोगकर्ताले पछिल्ला दिनहरुमा फोन सुस्त बनेको गुनासो गरिरहेका छन् । आइफोन प्रयोगकर्ताको गुनासो बढ्दै गएपछि एप्पलले यसको कारण खुलासा गरेको छ । एप्पल आफैंले पूराना मोडेलका आइफोनको परफर्मेन्स स्लो बनाइदिएको पुष्टि गरेको छ । धेरै मानिहरु एप्पलले आफ्ना प्रयोगकर्तालाई नयाँ आइफोन किन्न बाध्य पार्नका लागि पुराना आइफोन स्लो बनाउने गरेको आशंका गर्दै आएका थिए । यहीँ...
पोखरामा सञ्चार केन्द्र सञ्चालन

पोखरामा सञ्चार केन्द्र सञ्चालन

पोखरा, १ पुस । नेपाल पत्रकार महासंघ कास्कीको भवनमा आठ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न मिडिया सेन्टर एवं तालीम कक्ष सञ्चालनमा ल्याइएको छ। पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित केन्द्रमा नौ कम्प्युटर, फोटो कपी मेसिन, स्क्यानर, प्रोजेक्टरलगायतको सुविधा छ। नवनिर्मित केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरेका छन्। महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठक...
किन भएन टेलिसेन्टर प्रभावकारी ?

किन भएन टेलिसेन्टर प्रभावकारी ?

कलैया, २६ मंसिर । बारा जिल्ला हुलाक कार्यालयले सर्वसाधारणलाई सूचना प्रविधिमा पहुँच पु¥याउने उद्देश्यले जिल्लाको तीन ठाउँमा सञ्चालन गरेको टेलिसेन्टर सेवा प्रभावकारी हुन सकेको छैन । कार्यालयका प्रमुख अदालतप्रसाद कुर्मीका अनुसार आवश्यक कर्मचारीसहित सिमरा, निजगढ र अमलेखगञ्ज गरी तीन ठाउँमा टेलिसेन्टर सञ्चालनका लागि फोटोकपी, फ्याक्स, कम्प्युटर, प्रिन्टर, टेलिफोन, इन्टरनेटको व्यवस्था गरिएकामा नगन्य सं...
विदेशबाट फोन आउदा टेलिकमको नम्बर देखिए १८८ मा फोन गर्न आग्रह

विदेशबाट फोन आउदा टेलिकमको नम्बर देखिए १८८ मा फोन गर्न आग्रह

काठमाडौै, १४ मंसिर । नेपाल टेलिकमले पछिल्लो समय  विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट समेत आउने गरेको पाइएकोले त्यसरी फोन आउने फोन अवैद्य भएको भन्दै १८८ नम्बरमा फोन गरेर सहयोग गर्न आग्रह गरेको छ । टेलिकमले त्यसरी आउने फोनको गुणस्तरीयता नहुने र टेलिकम कम्पनी र सरकारको राजश्वमा समेत असर पर्ने भएकाले यसतर्फ सचेत रहन ग्राहकहरुलाइ अनुरोध गरेको छ ।  टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले विदेशबाट कल...
जनवरीमा सामसुङले एस ९ सार्वजनिक गर्दै

जनवरीमा सामसुङले एस ९ सार्वजनिक गर्दै

कोरिया, ११ मंसिर । स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल एस नाइन र एस नाइन प्लसको सार्वजनिक गर्ने तयारी गरेको छ । सामसुङका आधिकारिक विभिन्न कम्पनीहरूले आगामी जनवरी महिनामा उक्त मोडलका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको हो । एस नाइन प्लसमा ड्युल क्यामारा सेटअप र एस नाइनमा भन्दा बढी ¥याम राखिएको छ । ग्यालेक्सी एस नाइनमा ४ जीबी ¥याम हुनेछ भने नाइन प्लसमा ६ जिबी ¥...
प्रविधिको विकास संगै मोबाइलमा कुरा गर्न अब सिमकार्ड नचाहिने

प्रविधिको विकास संगै मोबाइलमा कुरा गर्न अब सिमकार्ड नचाहिने

एजेन्सी, ११ मंसिर । प्रविधिको विकास संगै अब मोबाइल फोनका कुरा गर्न सिम कार्डको आवश्यकता नपर्ने भएको छ। किनभने अब यस्तो प्रविधिको विकास हुँदैछ, जसको प्रयोगबाट मोबाइल फोनमा कुरा गर्न सिम कार्डको आवश्यकता पर्दैन। यो प्रविधिको इन्टरनेट टेलिफोनी हो। इन्टरनेट टेलिफोनी प्रविधिमार्फत इन्टरनेट प्रयोग गर्दै कलिङ एपबाट सिधा कल गर्न सकिने छ। यसरी फोन गर्दा मोबाइलमा कुनै सिमकार्डको आवश्यकता पर्दैन। नत सिग्न...
टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !

टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !

काठमाडौं, १० मंसिर । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यसत्ा नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड ...
साइबर अपराधमा फेसबुक प्रयोग सबैभन्दा बढी

साइबर अपराधमा फेसबुक प्रयोग सबैभन्दा बढी

‘काठमाडौंमा बसेर पढ्दै गरेकी एक युवतीको घरमा विवाहको कुरा आयो। उनको कसैसँग प्रेम सम्बन्ध थियो। घरमा प्रेमीको कुरा बताउन सकेकी थिइनन्। दबाब बढ्दै गएपछि भने आमालाई मात्र भनिन्। आमाबाट त्यो कुरा बुवासम्म पुग्यो। उनले स्वीकारेनन् र खोजेकै केटासँग विवाह गर्न भने। धेरै कर गरेपछि उनी विवाह गर्न तयार भइन्। आफ्नो प्रेमीलाई सम्झाउने हिम्मत भने गरिनन्। प्रेमी उनका छिमेकी थिए, विवाहको कुरा थाहा पाइहाले। प...