धनकुटामा जंगलको आगो बस्तीमा पस्दा घर सखाप

धनकुटामा जंगलको आगो बस्तीमा पस्दा घर सखाप

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ स्थित तेलियामा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । स्थानीय भञ्ज्याङ डाँडा सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्दा इश्वरी घिमिरेको घर र गोठ जलेर नष्ट भएको हो । पीडित घिमिरेका अनुसार घरमा बृद्ध आमा मात्र भएका बेला आज दिउँसो करिब १ बजे जंगलबाट घरमा आगो सल्किएको हो । एक्कासी आगो सल्किएकाले घरमा भएका सामान निकाल्न नपाइएको घिमिरेले बताए । आगोले खाद्यान्न, लत्...
कोशीका १४ वटै जिल्लामा पशुविज्ञ केन्द्र स्थापना गरिने

कोशीका १४ वटै जिल्लामा पशुविज्ञ केन्द्र स्थापना गरिने

विराटनगर । कोशी प्रदेश सरकारले इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको आज शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको कृषि मन्त्री रामकुमार खत्रीले जानकारी दिए । ‘नयाँ प्रविधि किसानसम्म पुगोस् भनेर कोशी प्रदेशका १४ जिल्लामै कार्यालय स्थापना गरिने भएको मन्त्री खत्रीले बताए । यसअघि कोश...
भीमनारायण गोल्डकपको तयारी अन्तिम चरणमा, कुन-कुन टिम भिड्दैछन् ?

भीमनारायण गोल्डकपको तयारी अन्तिम चरणमा, कुन-कुन टिम भिड्दैछन् ?

धनकुटा । धनकुटामा वैशाख २३ गतेबाट सुरु हुने शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । गोल्डकप आयोजक समितिले प्रतियोगिता स्थल तल्लो टुँडिखेलमा आज पत्रकार सम्मेलन गरेर तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । वैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिम भीड्दैछन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लव काठमाडौं, एपीएफ फुटबल क्लव काठमाडौं, फोरस्टार युवा क्लव मो...
भोजपुरका जनप्रतिनिधिद्वारा घरै पुगेर जेष्ठ नागरिकको उपचार

भोजपुरका जनप्रतिनिधिद्वारा घरै पुगेर जेष्ठ नागरिकको उपचार

भोजपुर । भोजपुरको अरुण गाउँपालिका वडा–७ ले जेष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीसहित घरघरै पुगेर वडाले स्वास्थ्य अवस्था बुझ्दै उपचार र सम्मान गर्न थालेको हो । ६८ वर्ष माथिका जेष्ठ नागरिकहरूलाई विभिन्न चरणमा भेटेर सम्मान तथा स्वास्थ्य परीक्षण गर्न थालिएको वडाध्यक्ष कुमार थापाले बताए । त्यसैगरी, आम नागरिकको अवस्थालाई दृष्टिगत गर्दै म...
ओलम्पियन्सहरूको बिर्तामोडमा भव्य स्वागत

ओलम्पियन्सहरूको बिर्तामोडमा भव्य स्वागत

झापा । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई आज भव्य स्वागत तथा सम्मान गरिएको छ । एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई स्वागत सम्मान गरेका हुन् । कार्यक्रममा कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका ६० जना नेपाली ओलम्पियन्स तथा प्रदेशभित...
धनकुटा र झापाबाट लागूऔषधसहित ४ जना पक्राउ

धनकुटा र झापाबाट लागूऔषधसहित ४ जना पक्राउ

विराटनगर । धनकुटा र झापाका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको धनकुटा नगरपालिका–७ बाट नियन्त्रित विभिन्न नामका औषधि औषधि १८० ट्याब्लेट, लागूऔषध गाँजा ३०० ग्रामसहित स्थानीय १९ बर्षीय किरण राई र २३ बर्षीय ओम तामाङलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुबारे थप अनुसन्धान अघि बढाइएको प...
सङ्खुवासभाको तुम्लिङटारमा ११ दिनदेखि उडान अवरुद्ध

सङ्खुवासभाको तुम्लिङटारमा ११ दिनदेखि उडान अवरुद्ध

विराटनगर । प्रतिकूल मौसमका कारण सङ्खुवासभाको तुम्लिङटारमा हवाई सेवा अवरुद्ध भएको छ । बाक्लो तुँवालो लागेका कारण उडान हुन नसकेको हो । तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरको दैनिक एउटा उडान हुने गरेको छ । काठमाडौंबाट बिहान ९ः२० बजे तथा तुम्लिङटारबाट काठमाडौंका लागि बिहान १०ः२० बजे उडान हुने गरेको बुद्ध एयरको तुम्लिङटार कार्यालयका निमित्त प्रमुख राजीव पोखरेलले बताए । आसपासका जङ्गल क्षेत्रमा डढेलो ल...
कहिले चढ्न पाइन्छ विराटनगरमा नगर बस ?

कहिले चढ्न पाइन्छ विराटनगरमा नगर बस ?

विराटनगर । नगर बस सञ्चालनका लागि विराटनगर महानगरपालिकाले रुट परीक्षण गरेको एक वर्षभन्दा बढी भयो । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा तत्काल नगर बस सञ्चालन गर्ने भन्दै निकै प्रचार भएको थियो । प्रचार गरिएअनुसार काम भने भएन । सम्भाव्यता अध्ययन नै नगरी निर्णय गरेको महानगरले प्रारम्भिक चरणमा १९ वटा नगर बस सञ्चालन गर्ने जनाएको थियो । कार्यपालिका बैठकले निर्णय गरेपछि महानगरको सडकअनुसार कति क्...
संखुवासभाको मुढे बजारमा आगलागी

संखुवासभाको मुढे बजारमा आगलागी

संखुवासभा । धर्मदेवीको मुढेशनिश्चरे बजारमा आगलागी भएको छ । मानवीय क्षति नभए पनि आगलागीबाट स्थानीय रुद्रबहादुर जिमीको दुईवटा घरमा क्षति पुगेको छ । आगलागी सुरु भएपछि स्थानीय बासिन्दा र प्रहरी मिलेर निभाउने प्रयास गरेका थिए । आगो अन्यत्र फैलन नदिने उपाय अपनाइएको थियो । बजार क्षेत्रमा आगो फैलने डरले स्थानीय बासिन्दा त्रसित भएका थिए । नियन्त्रणका लागि तेह्रथुमको लालीगुराँस नगरपालिकाबाट आएको दमकल प्...
आदर्श च्यालेन्ज कपः बिर्तामोड फाइनलमा

आदर्श च्यालेन्ज कपः बिर्तामोड फाइनलमा

झापा । टाइब्रेकरमा भाग्यमानी साबित हुँदै बिर्तामोड युनाइटेड एफसी बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइलनमा प्रवेश गरेको छ । बिर्तामोडले बेलबारी एफसीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हरायो । बिर्तामोडका लागि योगेश गुरुङ, दिवस उराउ, अभिषेक गुुरुङ, अशिष चापागाईँ र देबेन्द्र तामाङले गोल गर्न सफल भए । बेलबारीका लागि अशोक खवास, मनिष धिमाल, बिवेक पौडेल र निशान लिम्बुले गोल गर्न सफल भए । बेलबारीका ...
‘खेलाडीको मनोबल उच्च हुने गरी काम गर्छु’

‘खेलाडीको मनोबल उच्च हुने गरी काम गर्छु’

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा अदातलद्वारा पुनर्बहाली गरिएका कृष्ण बस्नेत (पर्शुराम) ले पदभार ग्रहण गरेका छन् । उच्च अदालतको आदेशपछि संस्थापक सदस्य सचिव बस्नेतले आज पदभार ग्रहण गरेका हुन् । तत्कालीन मुख्यमन्त्री भीम आचार्यको कार्यकालमा प्रदेश सरकार मन्त्रीपरिषदको २०७८ असोज २४ को निर्णयअनुसार असोज २५ मा बस्नेतलाई सदस्य सचिव पदमा नियुक्त गरिएको थियो । प्रदेश खेलकुद ऐन २०...
कोशीमा विकास कार्यक्रम नमुना : मुख्यमन्त्री कार्की

कोशीमा विकास कार्यक्रम नमुना : मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढंगका विकासको अभ्यास गर्न लागिपरेको बताएका छन् । भौतिक पूर्वाधार विकासलाई मात्रै विकास ठान्ने परिपाटीले समाजमा ठूलो समस्या उत्पन्न गराएको, मानवीय सम्वेदना र सामाजिक मूल्य मान्यता सहितको विकासमा पछि परिरहेको मुख्यमन्त्री कार्कीको भनाई छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ को वडा कार्यालय भवन उदघाटन तथा जग्गादाताहरुलाई सम्मान का...
सोलुखुम्बुमा आगलागी, १० घर जले

सोलुखुम्बुमा आगलागी, १० घर जले

विराटनगर । सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्कँदा बुधबार साँझ स्थानीय बासिन्दाका १० वटा घर जलेर नष्ट भएका छन् । आगोले घरसहित अन्न, कपडालगायत धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको बेगका कारण घरमा सल्किएर क्षति भएको हो । आगलागीमा परी स्थानीय बासिन्दाका केही चौपाया समेत जलेका छन् । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ...
तोलामा २ हजार बढ्यो सुनको मूल्य

तोलामा २ हजार बढ्यो सुनको मूल्य

विराटनगर । सुनको आज मूल्य तोलामा २ हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ । यसैगरी, बुधबार एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आज एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १५ ले वृद्धि भएको छ । बुधबार प्रतित...
यी हुन् विश्वकप खेल्ने नेपाली टोलीका खेलाडी

यी हुन् विश्वकप खेल्ने नेपाली टोलीका खेलाडी

विराटनगर । आउँदो महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । टोलीमा पुराना र केही नयाँ खेलाडी समावेश गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा अनुभवी बलर सोमपाल कामी र करन केसी तथा कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी लगायतले स्थान पाएका छन् । यसैगरी, प्रतिश जीसी, सन्दीप...
धनकुटामा महिलाको हत्या : शंकास्पद एकजना पक्राउ

धनकुटामा महिलाको हत्या : शंकास्पद एकजना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका–१० की ३१ वर्षीया सरिता श्रेष्ठको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । टल्के भनिने स्थानीय ३५ वर्षीय दिलबहादुर बिशुंखेलाई अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीय बमबहादुर तामाङको खाली रहेको घरमा श्रेष्ठ बुधवार बिहान मृत अवस्थामा फेला परेकी थिइन् । उक्त घटनाका सम्बन्धमा अनुसन्धान गर्ने क्रममा उनको हत्या भएको प्रहरीले अनुमान गर...
घरमा आगलागी हुँदा धादिङमा दम्पतीको मृत्यु

घरमा आगलागी हुँदा धादिङमा दम्पतीको मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने स्थानमा भएको आगलागीमा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परी स्थानीय ७० वर्षीय तेजबहादुर लामा र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आगलोले घरमा भएका अन्नपात र लत्ताकपडासहित सबै धनमाल जलेर नष्ट भएको प्रहरील...
विस्तृत बुझेर मात्र क्यानाडा जान नेपाली विद्यार्थीलाई आग्रह

विस्तृत बुझेर मात्र क्यानाडा जान नेपाली विद्यार्थीलाई आग्रह

विराटनगर । उच्च शिक्षा अध्ययनका लागि उत्तर अमेरिकी मुलुक क्यानाडा नेपाली विद्यार्थीहरुको समेत आकर्षणको केन्द्र बनेको छ । त्यहाँ अध्ययनका साथै रोजगारी पनि गरेर जीवनयापन गर्न सकिन्छ भन्ने बुझेर धेरै विद्यार्थी जान चाहन्छन् । केही वर्षयता नेपाली विद्यार्थी क्यानाडा जाने क्रम बढेको छ । तर पछिल्लो समय त्यहाँको सरकारले संख्यामा सीमा लगाएको जस्ता अनेक कारणले पहिले जस्तो सहज छैन । यसै सन्दर्भमा क्याना...
कोशी र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

कोशी र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । कोशी प्...
‘लोकतन्त्र रक्षा गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण’

‘लोकतन्त्र रक्षा गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लोकतन्त्रको रक्षा गर्न पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो अधिवेशनको बुधवार विराटनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सञ्चारकर्मीहरूले अझ बढी भूमिका खेल्नुपर्ने उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्...
वाकाथन र पुनर्मिलनका लागि देशभरका ओलम्पियन्स कोशी प्रदेशमा

वाकाथन र पुनर्मिलनका लागि देशभरका ओलम्पियन्स कोशी प्रदेशमा

विराटनगर । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू मोरङको विराटचोक आइपुगेका छन् । कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी हुन अस्ट्रिया, मलेसियाका साथै नेपालका ओलम्पिक खेलाडी कार्यक्रमस्थल आइपुगेका हुन् । विराटनगर विमानस्थलमा बुधबार दिउँसो कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले आठजना...