विप्लव र राउत समूह सेनाको निगरानीमा

विप्लव र राउत समूह सेनाको निगरानीमा
काठमाडौँ, १५ जेठ । नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थावारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द विप्लव र सीके राउत समुहलाई शान्तिसुरक्षामा चुनौतिका रुपमा चित्रण गरेको छ । सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको पृतनापति  समन्वयात्मक बैठक मा यस्तो विश्लेषण गरिएको हो । विप्लव र सिके राउत समुह शान्ति र स्थिरतामा चुनौतीका रुपमा रहन सक्ने देखिएको छ, बेठकमा अधिकांश रथीहरुले व्यक्त गरेको धारणा...

२०७५, ०७६ को बजेट आज: प्रदेश र स्थानीय तहलाई एक तिहाई रकम

२०७५, ०७६ को बजेट आज: प्रदेश र स्थानीय तहलाई एक तिहाई रकम
काठमाडौं, जेठ १५ । सरकारले एक तिहाई रकम प्रदेश र स्थानीय तहलाई विनियोजन गर्दै आर्थिक बर्ष २०७५, ०७६ को बजेट मंगलबार सार्वजनिक गर्ने भएको छ । वित्तीय संघीयता पुर्ण रुपमा कार्यान्वयन हुने पहिलो बर्ष बजेटको करिव ४ खर्ब रुपैयाँ तल्लो तहका सरकारलाई हस्तान्तरण हुने भएको हो । कुल बजेटको करिव १२ प्रतिशत प्रदेश सरकारले र झन्डै १७ प्रतिशत स्थानीय तहले अनुदानका रुपमा पाउने स्रोतको दावी छ । चालु आर्थिक ब...

दुर्गममा नुन महँगो पार्ने तयारीमा सरकार

दुर्गममा नुन महँगो पार्ने तयारीमा सरकार
काठमाडौँ, १४ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ‘सुखी नेपाली समृद्ध नेपाल’ नारासहित अघिबढिरहे पनि दैनिक उपभोग्य वस्तुको भाउ भने बढिरहेको छ। सरकारले देशका अति दुर्गम तथा विकट क्षेत्रमा दैनिक उपभोग हुने नुन महँगो पार्ने तयारी गरेको छ। मुलुकमा राजनीतिक स्थितरताले जनताका न्यूनतम आधारभूत आवश्यकता सम्बोधन गर्ने अपेक्षा गरिएको बेला विकट क्षेत्रमा नुनको भाउ महँगो पर्ने भएको हो। प्रधान...

गम्भीर मानवअधिकार हननको दोषीमा पूर्वसेनापतिदेखि पूर्वमन्त्रीसम्म

गम्भीर मानवअधिकार हननको दोषीमा पूर्वसेनापतिदेखि पूर्वमन्त्रीसम्म
काठमाडौँ, १४ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले दसवर्षे सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानव अधिकारका दोषीको नाम कालोसूचीमा राख्ने भएको छ। आयोगले ०५७ जेठदेखि वरेको उजुरीका आधारमा कारबाहीको सिफारिस गरेको थियो तर अहिलेसम्म कारबाहीको सिफारिस नगरेको भन्दै आयोगले उनीहरूको नाम कालोसूचीमा राखी सार्वजनिक गर्ने तयारी गरेको छ। भैरवनाथ गणबाट ४९ बन्दी बेपत्ता प्रकरणमा तत्कालीन प्रधानसेनापति प्यारजंग थापास...

विद्यार्थी फेल भए शिक्षकलाई सजाय

विद्यार्थी फेल भए शिक्षकलाई सजाय
काठमाडौँ, १४ जेठ । काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भए शिक्षकको तलब वृद्धि रोकिने प्रावधानसहितको शिक्षा नियमावली २०७४ कायौन्वयनमा ल्याएको छ। राजपत्रमा ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४’ जारी गरी सो व्यवस्था गरिएको हो। नियमावलीमा कुनै पनि शिक्षकले अध्यापन गरेको विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भए त्यस्ता शिक्षकक...

प्रदेश २ मा नेकपाको समर्थन फिर्ता

प्रदेश २ मा नेकपाको समर्थन फिर्ता
काठमाडौँ, १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ मा मधेस गठबन्धन सरकारलाई दिएको समर्थन आईतबार फिर्ता लिई संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता मागेको छ । नेकपाले यसअघि समर्थन पदेशसभाको आईतबार बसेको दोस्रो अधिवेशनको पहिलो बैठकबाट फिर्ता लिएको हो । संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारलाई छुट्टाछुट्टै रुप्मा तत्कालीन एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए । एमाले र माओवादी दु...

राजधानीमा पनि ‘बर्डफ्लु’ भेटियो

राजधानीमा पनि ‘बर्डफ्लु’ भेटियो
काठमाडौँ, १३ जेठ ।  कुखुरा उत्पादनको मुख्य केन्द्र मानिने चितवनमा केही दिनअघि देखिएको बर्डफ्लु संक्रमण पुर्ण नियन्त्रण नहुँदै राजधानी काठमाडौंमा पनि बर्डफ्लु देखिएको छ । काठमााडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर ६ लामाबगर र धर्मैस्थलीमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो । यसअघि पाँच बर्ष अघि पनि काठमाडौंमा बर्डफ्लु देखिएको थियो ।, आजको गोरखापत्र दैनिकमा समाचार  छ ।

विश्वकै अग्लो स्थानमा रोपियो ‘धान’

विश्वकै अग्लो स्थानमा रोपियो ‘धान’
काठमाडौँ, १३ जेठ । विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ ।  हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाका छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ । यससँगै छुमचौर ज्युलोमा कालाीमार्सी धान रोप्न सुरु गरिैपछि सर्वत्र चासो बढेको हो ।, आजको गोरखापत्रमा खबर छ ।

विवरण लुकाई राजश्व छल्नेका खाता रोक्का

विवरण लुकाई राजश्व छल्नेका खाता रोक्का
विराटनगर, १२ जेठ । विवरण नदेखाई राजश्व ठगी गरेको भन्दै आन्तरिक राजश्व कार्यालय विराटनगरले तीन दर्जन व्यापारिक फर्मको बैंक खाता रोक्का गरेको छ । कार्यालयका अनुसार विवरण लुकाइ राजश्व ठगी गर्ने फर्म त्यसका प्रमुख तथा सञ्चालकहरुको समेत बैक खाता रोक्का गरेको हो । आन्तरिक राजश्व कार्यालयमा दर्ता भए पनि व्यापारिक कारोबारको विवरण नबुझाइ राजश्व ठगी गर्ने व्यापारिक फर्मको संख्या ८ हजार २ सय ५ छ । यसमध्...

भ्याटको ५४ अर्ब व्यापारीको खल्तीमा

भ्याटको ५४ अर्ब व्यापारीको खल्तीमा
काठमाडौँ, ११ जेठ । उपभोक्ताले तिरेको ५४ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) को रकम सरकारले व्यापारीको खल्तीमा पुर्‍याएको छ । उपभोक्ताबाट उठाइएको भ्याट रकम स्वदेशी उद्योगलाई प्रोत्साहन र चोरीका मोबाइल नियन्त्रणका नाममा व्यापारीलाई सरकारले फिर्ता दिएको हो । आन्तरिक राजस्व विभागका अनुसार वनस्पति घिउ तथा तेल, चिनी, मैदा, कपडा र मोबाइल फोन सेटलगायत सामग्री बिक्रीका क्रममा उपभोक्ताबाट उठाइएको ५४ ...
error: Content is protected !!