गर्भवती भएको थाहा भएपछि प्रेमिकाको हत्या गर्ने प्रेमीलाई सर्वस्व सहित जन्मकैद

गर्भवती भएको थाहा भएपछि प्रेमिकाको हत्या गर्ने प्रेमीलाई सर्वस्व सहित जन्मकैद
पर्वत, ११ जेठ । गर्भवती भएको थाहा भएपछि आफ्नी प्रेमिकाको हत्या गर्ने प्रेमीलाई पर्वत जिल्ला अदालतले सर्वस्व सहित जन्मकैदको फैसला गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । समाचारका अनुसार पर्वतको बिहादी गाउँपालिका वडा न. २ बर्राचौरका प्रदिपराज पराजुलीलाई पर्वत जिल्ला अदालतले बिहीबार सर्वस्व सहित जन्म कैदको फैसला गरेको हो । पराजुलीले बागलुङ्कको जैमुनी नगरपालिका वडा नम्वर ८ छिस्तीकी आफनी प्रे...

अब ८ कक्षा पास नगरे अयोग्य !

अब ८ कक्षा पास नगरे अयोग्य !
काठमाडौँ, ११ जेठ । सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न लागेको आजको कान्तिपुरले छापेको छ । २०८३ वैशाख १ गतेपछि आधारभुत शिक्षा नलिएको व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन् । शिक्षाको अधिकासम्बन्धी ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको मस्यौदा सहमतिका लागि कानुन आयोग पठाइएको छ ।

दक्षिण कोरियामा तीन नेपालीको मृत्यु

दक्षिण कोरियामा तीन नेपालीको मृत्यु
काठमाडौँ, ११ जेठ । दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । लमजुङ दुराडाँडा सिम्ले जामुनेका होमबहादुर गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा सोमबार सुतेकै ठाउँमा मृत भेटिएका थिए । यस्तै आन्सनस्थित मासु प्याकिङ कम्पनीमा कार्यरत म्याग्दीका थमबहादुर थापाको मंंगलबार औद्योगिक दुर्घटनामा परी निधन भएको हो । थापाको आइससहितको मासुको प्याकेट राखिएको ७ फिट उचाईको ट्रली गुडाउने क्रममा लडेपछि ट्...

राजधानीमै भेटियो बर्डफ्लु , पशुसेवा बिभागलाई तयारी अवस्थामा रहन निर्देशन

राजधानीमै भेटियो बर्डफ्लु , पशुसेवा बिभागलाई तयारी अवस्थामा रहन निर्देशन
काठमाडौँ, ११ जेठ । राजधानीमा नै बर्ड फ्लुको संक्रमण देखिएपछि सन्त्रास फैलिएको छ । राजधानीको उत्तर पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फार्ममा पालिएको हाँसमा बर्ड फ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ वटा पोल्ट्री फार्ममा पालिएको हाँसमा बर्ड फ्लु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । बर्ड...

चीनले कलंकी–महाराजगन्ज सडक पनि ८ लेनको बनाइदिने

चीनले कलंकी–महाराजगन्ज सडक पनि ८ लेनको बनाइदिने
काठमाडौं, १० जेठ । चीन सरकारले चक्रपथको कलंकी–महाराजगन्ज ८ लेन विस्तार गरिदिने भएको छ । अब उक्त सडक ६२ मिटर चौडाइ हुनेछ । कलंकी-सातदोबाटो-कोटेश्वर खण्ड (१० किमि) विस्तार गर्दै आएको चीनले पुनः कलंकी महाराजगन्ज विस्तार गर्ने भएको छ । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको निर्माण सुधार विस्तार कार्य हुने काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ । सडकको केन्द्रबिन्दुबाट दायाँ बायाँ ३१/३१ मिटरभित्र...

गोरेसँग बयान जारी, थप रहस्य खुल्ने संकेत

गोरेसँग बयान जारी, थप रहस्य खुल्ने संकेत
विराटनगर, १० जेठ । सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ । बयान लिने काम बिहीबार पनि जारी रहनेछ। गोरेसँग सुन तस्करी र शाक्य हत्याको पृष्ठभूमिबारे बयान लिइएको अदालत स्रोतले जनाएको छ । ढिलोढिलो थोरै–थोरै बोल्ने गोरेस“ग पहिलो दिन ६ पृष्ठको बयान लिइएको छ । गोरेले सुन तस्करी र शाक्य हत्या विषयमा थप रहस्य खोल्ने संकेत ...

नेपालको नयाँ निर्णयप्रति मलेसिया सकारात्मक

नेपालको नयाँ निर्णयप्रति मलेसिया सकारात्मक
काठमाडौँ, १० जेठ । नेपाली कामदारमाथि आर्थिक भार पर्ने गरी मलेसियाले खडा गरेका संयन्त्र खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति मलेसियाको नयाँ सरकार सकारात्मक देखिएको समाचार कान्तिपुरमा छ । नेपाल सरकारको पछिल्ले निर्णयप्रति सम्मान गर्दै त्यसलाई सम्बोधन गर्न मलेसियाको परराष्ट्र, गृह र मानव संसाधन मन्त्रालयको संयुक्त बैठक बस्न लागेको मलेसियाका लागि कार्यवाहक राजदूत कुमार खरेलले बताए । खरेलले बुधबार...

बालकृष्ण ढुंगेललाई माफी

बालकृष्ण ढुंगेललाई माफी
काठमाडौँ, १० जेठ । कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो । ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत कैद मिनाहाको सिफारिस गरिएको छ । उनीसँगै आठ सय बढी कैदीको कैद मिना...

यसपटक कर्मचारीको तलब नबढ्ने

यसपटक कर्मचारीको तलब नबढ्ने
काठमाडौँ, १० जेठ । अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् । लतब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् । कर्मचारी युनियनले मुख्यसचिवको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गर...

लगानी बोर्ड र उर्जा मन्त्रालयबीच विवाद चुलियो

लगानी बोर्ड र उर्जा मन्त्रालयबीच विवाद चुलियो
काठमाडौँ, १० जेठ । लगानी बोर्डले पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत आयोजनाको फाइल बुझाउन चैत १५ को समय सीमा दिएकोमा उर्जा मन्त्रालयले अटेरी गरेको छ । बोर्डले आयोजनाको फाइल बुझाउन पत्राचार गरेको दुई महिनाभन्दा बढी भइसकेको छ । लगानी बोर्डले चैत १ गते पाँच सय मेगावाट भन्दा माथिका जलविद्युत आयोजनाको सम्पूर्ण काम आफैंले गर्ने भन्दै उर्जा मन्त्रालयसँग सबै आयोजनाको फाइल मागेको थियो । फाइल मागेको ...
error: Content is protected !!