Rabin Katel
फायल तस्बीर

धनकुटा । धनकुटा बजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा–२ का १९ बर्षीय अनिल तामाङ र सोही स्थानका २२ बर्षीय सन्देश पिठाकोटे छन् ।

गएराती धनकुटा–६ बिचबजारमा हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

Advertisement

दाहालका अनुसार उनीहरुको साथबाट १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । प्लाष्टिकले वेरेर सानो–सानो छ वटा पोका बनाई लुकाएर बोकेको अवस्थामा ब्राउन सुगर भेटिएको हो ।

पक्राउ परेका दुवै जनाविरुद्ध बिहिबार जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरु अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनीहरुको कारोवारका विषयमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

केही दिन अघि पनि हिले बजारबाट ब्राउन सुगरसहित एक युवा पक्राउ परेका थिए ।

हिलेबाट ब्राउन सुगरसहित युवा पक्राउ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement