चराको एउटा अण्डा भित्रबाट जुम्ल्याहा चल्ला कोरलिएको कहिल्यै सुन्नुभएको छ ? क्यानडामा यो घटना भएको छ ।

Advertisement

क्यानडामा एउटा हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्केका छन् । दुःखद कुरा के भने यी जुम्ल्याहा चल्लाको जिउ भने जोडिएको छ ।

क्यानडाको नोभा स्कोटियाकी अम्बर ब्रानेनले इन्कुबेटरमा कृत्रिम रुपमा हाँसको अण्डाहरु कोरल्दा त्यसमध्ये एक अण्डाबाट जुम्ल्याहा चल्ला निस्कएका हुन् ।

जुम्ल्याहा चल्लाको नाम नोभा र स्कोटिया राखिएको छ । ती जुम्ल्याहालाई घरमै पाल्ने निधो पनि अम्बर परिवारले गरेको छ ।

यसअघि सन् २००९ मा बेलायतमा पनि हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्केको थियो । बेलायतकी जुम्ल्याहा चल्लाका मालिकले पनि आफुलाई मेसेज गरेको अम्बर बताउँछिन् । एजेन्सी 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!