संगालोखबर सम्बाददाता

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि बुधबार साँझ भएको मतदान पश्चात मध्यरातबाट मतगणना सुरु भएको छ । विराटनगरको तिनपैनीस्थित माओवादी केन्द्रको प्रदेश कार्यालयमा राती १२ बजेबाट मतगणना थालिएको हो ।

Advertisement

मतगणना सकेर निर्वाचित पदाधिकारीहरुलाई राती नै सपथ ग्रहण गराउँने तयारी गरिएको छ । मंसिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ सदस्यीय प्रदेश कार्यसमिति निर्माण गरेको छ । तर, आकांक्षी बढी भएर सहमति जुट्न नसक्दा पदाधिकारी चयन हुँन सकेको थिएन । सहमति जुट्न नसक्दा अन्नतः मतदान प्रकृयाबाटै पदाधिकारी चयनको प्रकृया अघि बढेको छ ।

नौं जना पदाधिकारीका लागि २९ जनाले दावी गरेपछि मतदान गरिएको हो । माओवादी केन्द्रमा प्रदेश कमिटीका सदस्यहरुले नै पदाधिकारी छान्ने प्रावधान छ । जस अनुसार २५९ सदस्य मतदाता छन् । तर, २४० जनाले मात्र मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

को-को छन् उम्मेदवार ?

माओवादी केन्द्र प्रदेश समितिको पदाधिकारीमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सह–सचिव र १ कोषाध्यक्ष रहने प्रावधान छ । अध्यक्षका लागि हर्कबहादुर नेम्वाङ्ग (मिक्सो) र मुक्साहाङ मेयाङ्बो (मुकेश) प्रतिष्प्रधामा छन् ।

तीन जना हुँने उपाध्यक्ष पदका लागि शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार साम्पाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्री गरी ८ जना उम्मेद्वार छन् । एक सचिव पदका लागि गणेश उप्रेती सुशील र सिपी कडरिया चुनावी प्रतिष्प्रधामा छन् ।

३ जना सह–सचिव पदका लागि १३ जनाले उम्मेद्वारी दिएका छन् । ऋषिराम ढुंगाना (कुसुम), राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली (ध्रुव), कृष्ण जिमी (भरत), दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किराती उम्मेद्वार छन् ।

१ कोषाध्यक्षका लागि पनि मदनकुमार चुँडाल, रामकुमार कार्की, रेवतराज पुरी (गगन) र बन्दना झाँगड (अनिशा) गरी चार जनाले उम्मेद्वारी दिएका छन् ।

 

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा भारी मतसहित नेम्वाङ निर्वाचित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!