संगालोखबर सम्वाददाता

धनकुटा, १६ साउन । जिल्ला अस्पताल धनकुटाले शुलभ फार्मेसी सञ्चालन गरेको छ । सोमबार कार्यक्रमको आयोजना गरी फार्मेसी उद्घाटन गरिएको हो ।

कार्यक्रममा पूूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशक डा.बिष्णु बहादुर बस्नेतले रिवन काटेर फार्मेसीको उद्घाटन गरेका हुन । सरकारले उपलब्ध गराउँदै आएको ७० प्रकारका निःशुल्क बाहेकका औषधी बिरामीलाई शुलभ मुल्यमा उपलब्ध गराउँनका लागि फार्मेसी सञ्चालन गरिएको हो ।

Advertisement

सबै प्रकारका औषधीको अधिकतम मूल्यको १० प्रतिशत छुटमा औषधी बिक्री गरिने जिल्ला अस्पतालका प्रमुख डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।

धनकुटा अस्पतालमा आयोजित फार्मेसी उद्घाटन कार्यक्रम ।

५ लाखको लागतमा सञ्चालन गरिएको फार्मेसीमा हाल ८४ प्रकारका अति आबश्यक औषधी उपलब्ध गराइने अस्पताल बिकास समिति अध्यक्ष सुनिल कुमार डंगोलले बताए ।

कार्यक्रममा पूूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशक डा.बिष्णु बहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष उमेश घिमिरे, धनकुटा नगरपालिका–७ का वडाध्यक्ष जंग बहादुर राई, पत्रकार महासंघका जिल्ला सचिव बिदुर खवास, अस्पताल विकास समिति सदस्य कुसुम राना लगायतले विरामीलाई सुलभ फार्मेसीले धेरै राहत मिल्ने धारणा ब्यक्त गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!