विराटनगर । नेपाली बजारमा विहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर आज एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।