रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटाका स्वास्थ्य संस्थाहरुका लागि काठमाडौंस्थित धार्मिक संस्था वोधिसत्व विहारले ४० लाख बराबरको स्वास्थ्य सामाग्री र उपकरण प्रदान गरेको छ । धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुका लागि स्वास्थ्य सामाग्री र उपकरण प्रदान गरिएको हो ।

Advertisement

नेपाल राष्ट्रिय अभिभावक संघ र छथर जोरपाटी घर भएका हास्य कलाकार दिपक प्रसाद आचार्य (काकु) को पहलमा बोधिसत्व बिहारले जिल्लाका स्वास्थ्य संस्थाहरुका लागि करिब ४० लाख मूल्य बराबरको सामाग्री निःशुल्क उपलब्ध गराएको नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पाताल धनकुटा, धनकुटा नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथरजोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका, लेगुवा स्वास्थ्य चौकी, मूर्तिढुंगा स्वास्थ्य चौकी, परेवादिन स्वास्थ्य चौकी, तांखुवा स्वास्थ्य चौकी, कोभिड अस्पताल छथर जोरपाटी र हात्तिखर्क स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री र उपकरण प्रदान गरिएको हो ।

१२ थान अक्सिजन कन्सनटेटर, ५ सय ५० थान पीपीई सेट, २ हजार ५ सय थान केएन ९५ मास्क, ५ हजार ५ सय थान सर्जिकल मास्क, १ हजार १ सय थान पञ्जा, ४४ थान अक्सिमिटर, ११ थान थर्मल गन, ५ सय ५० थान फेस सिल्ड, २ हजार २ सय थान हेण्ड सेनिटाइजर लगायत सामान प्रदान गरिएको नेपाल राष्ट्रिय अभिभावक संघका उपाध्यक्ष श्रेष्ठले बताए ।

उपाध्यक्ष श्रेष्ठ, हास्य कलाकार काकु, हाम्रो सुनिश्चित भविष्य नेपालकी अध्यक्ष सञ्जु सुवेदी लगायतले गाउँ–गाउँमा पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement