संगालोखबर सम्वाददाता

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु तत्काल राजीनामा नदिने पक्षमा पुगेका छन् । सिंहदरबारमा आज बिहान बसेको सो पक्षको बैठकले तत्काल राजीनामा नदिने निर्णय लिएको हो ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक डाकिएको छ । तर, माधव पक्षका सांसदहरु सो बैठकमा सहभागि नहुँने भएका छन् ।

तत्काल राजीनामा नदिने र ओलीले विश्वासको मत लिनका लागि डाकेको बैठकमा पनि सहभागि नहुँने निर्णय भएको नेता भीम रावलले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!