काठमाडौं । एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा आज काठमाडौं–२६ स्थित कान्तिपथबाट एक जना पक्राउ परेका छन् । एटिएम मेसिन फुटाउँदै गर्दा भारतको गोरखपुर घर भई काठमाडौं ठमेलमा बस्ने २२ वर्षीय दिलसाद आलम पक्राउ परेका हुन् ।
बिहान साढे २ बजे कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारले जनाएको छ ।
घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।