विराटनगर । संसद् विघटनको विरोधमा आन्दोलनरत नेकपाको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज विराटनगरमा बयलगाडासहित प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गर्दै विद्यार्थीहरुले बयलगाढा चढेर प्रदर्शन गरेका हुन् ।
पहिले गणतन्त्र ल्याउछौं भन्नु बयलगाढा चढेर अमेरिका पुग्नुजस्तै भएको बताएका ओलीले नेपालमा गणतन्त्र स्थापनापछि अहिले त्यसका उपलव्धिलाई संकटमा पार्ने गरी संसद् विघटन गरेको भन्दै विद्यार्थीहरुले व्यङ्ग्यात्मक रुपमा बयलगाडा प्रदर्शन गरेका हुन् । रोडशेष चौकमा भेला भएका विद्यार्थीहरुले प्रदर्शन गर्दै ट्राफिक चौकमा आएर कोणसभा गरेका छन् ।
सभामा विद्यार्थी नेताहरुले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको भन्दै संविधान बाचन गरेर सुनाएका थिए । सभामा नेकपाका केन्द्रीय सदस्य मिना यादवले प्रधानमन्त्री ओलीको कदम गैह्र संवैधानिक भएको भन्दै सच्याउनु पर्ने धारणा राखिन् । संसद् विघटनको विरोधमा प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूले निरन्तर आन्दोलन गर्दै आएको छ ।
भिडियो…