संगालोखबर सम्वाददाता

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईसहित आठ जनासँग स्पष्टीकरण माग गरेको छ । पुस १९ गते बोलाइएको संसदीय दलको बैठकमा उपस्थित नभएर पार्टीको हित विपरित काम गरेको भन्दै स्पष्टीकरण मागिएको हो ।

Advertisement

सो समूहले पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीम आचार्यलाई चयन गरेको थियो । त्यसपछि बोलाईएको बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यहरु इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण पत्र हुलाकमार्फत पठाइएको स्रोतले जनाएको छ ।

प्रचण्ड–नेपाल समूहले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । यता, प्रस्तावमा हस्ताक्षर गरेकामध्ये भीम आचार्यसहित १६ जनालाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ । स्पष्टीकरणको जवाफ नदिएको भन्दै उनीहरुलाई निलम्बन गरिएको ओली समूहको दावी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!