रौतहट । बौलाहा स्यालको टोकाईबाट रौतहटस्थित एकजनाको मृत्युु र दर्जनौ गम्भिर घाइते भएको घटना नसेलाउदै बुधबार फेरी स्यालको टोकाईबाट आधादर्जन मानिस घाईते भएका छन् ।
रौतहटको कटहरिया गाँउपालिकामा बिहान पाँच बजे सौच गर्न घरबाहिर खेतमा गएका चारमहिला सहित ६ जनालाई बहुुलाहा स्यालले टोकेर घाईते बनाएको हो ।
स्यालको टोकाइबाट सौच गर्न गएका कटहरियाका ३६ बािर्षया प्रभुु दाश, २८ बािर्षया सविता देखि, सियाराम महतो, सुनैना देखि घाइते भएका हुन् ।
स्यालले दाशको दाहिने खुुटटा,सबिताको तिघ्रा,सुुनैनाको बाँया खुटटामा टोकेर घाईते बनाएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
त्यसैगरी स्यालको टोकाइबाट ७५ बर्षिया ब्रहमदेव यादवको मलद्धार, रेखा देवीको दाहिने खुट्टा र कबुतरी देखीको बाँया खुुटटामा टोकेर घाईते बनाएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित प्रमुुख डिएसपी नविनकृष्ण भण्डारीले बताएका छन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुुर थापाले घाईतेहरुलाई जिल्ला अस्पताल गौर मार्फत निशुुल्क एन्टीरेविज सुुई र समुुचित उपचारको ब्यवस्था गराउने प्रतिवद्धता जनाएका छन् ।
पछिल्लो केही बर्षयता कटहरिया क्षेत्रमा उँखुुखेती बढेपछि स्याल आतंक बढेको स्थानीयले बताएका छन् ।
केही महिना अघिमात्र स्यालको आक्रमण बाट गरुडा नगरपालिकामा स्थानीय शिक्षक बसन्त यादवको मृृत्युु भएको थियो भने दर्जनौ घाईते भएका थिए ।
पटक पटक स्यालको आक्रमणबाट दर्जजौ मानिस शिकार भएपनि सरकारले स्याल नियन्त्रणको लागि कुुनै पहल नगरेको स्थानीयले गुुनासो गरेका छन ।
स्यालले मानिसमाथि आक्रमण गर्नुुकासाथै खसी,बाख्रा तथा किसानले लगाएको मकै बालीमा समेत क्षति गर्दैआएको कटहरिया गाविसका पुुर्व अध्यक्ष जादोलाल महतोले बताए ।