विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । आज १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पाँचथरमा १४५, ताप्लेजुङमा १२०, तेह्रथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गा ४७ र सोलुखुम्वुमा ३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार प्रदेश १ बाहिरका १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा आज ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुँनेको संख्या २८ हजार ७३७ पुगेको छ । मोरङमा १२ हजार ६८४, सुनसरीमा ८ हजार ६५९, झापामा ४ हजार ३९२, उदयपुर ४८२, इलाममा ४४७, संखुवासभा ३२८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
त्यस्तै धनकुटामा १८७, पाँचथरमा १४१, ताप्लेजुङमा ११४ तेह्रथुममा ११२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५ र सोलुखुम्वुमा ३५ जना संक्रमित निको भएका हुन् । प्रदेश १ बाहिरका ९३७ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हाल ६५८ जना संक्रमित होम आईसोलेसनमा छन् । प्रदेश १ मा हालसम्म २ लाख ९ हजार ९४९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।