रबिन कटेल

काठमाडौं ।  स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको हो।

Advertisement

प्रतितोला ९४ हजार १०० रुपैयाँमा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलाको ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।  यस्तै तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

बिहीबार सुन तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोवार भएको थियो ।  चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलाको एक हजार ३०० रुपैयाँमा कारोवार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement