धनकुटा । नेपाली काँग्रेसका सह–महामन्त्री सुनिलवहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असफल पार्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेस धनकुटाले सोमवार जिल्ला सदरमुकाममा गरेको बिरोध प्रदर्शनपछि बसपार्कमा आयोजित सभालाई संबोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
काँग्रेसका तत्कालित सभापति सुसिल कोईराला प्रधानमन्त्री भएका बेला संबिधान जारी भएकाले प्रधानमन्त्री ओलीले यो संबिधानलाई आसफल पार्न खोजेको उनको आरोप छ । ‘सुसिल कोईरालाका पालामा संविधान जारी भएकाले उहाँलाई चित्त बुझेन ।’ थापाले भने–‘त्यही कारण प्रधानमन्त्री ओलीले जे पायो त्यही गरेर संविधान असफल पार्न खोज्दै हुनुहुन्छ ।’
प्रधानमन्त्री ओलीले पहिले संघीयता र गणतन्त्र ल्याउँनु भनेको बयलगाडामा चढेर अमेरिका जानु जस्तै हो भन्ने गरेको बताउँदै थापाले संघीयता र गणतन्त्र मन नपरेकाले प्रधानमन्त्रीले संविधान उल्लंघन गर्न थालेको आरोप लगाए । ३३ महिने कार्यकालमा वर्तमान सरकार भ्रष्टाचार र दमनकारी नीतिमा अघि बढेको भन्दै उनले गाउँ–गाउँमा पनि भ्रष्टाचार मौलाएको जिकिर गरे ।
सभालाई काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, प्रदेश सांसद लीला सुव्वा, पुर्व प्रदेश प्रमुख एवं काँग्रेस नेता गोविन्द तुम्वाहाङ्ग, नेता आनन्द सन्तोषी राई, युवा नेता रामजी कोङग्रेन, जिल्ला सभापति अग्नी प्रसाद पौडेल, उप–सभापति नविनकिशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतले सम्वोधन गरेका थिए ।
यो पनि हेर्नुहोस्…