बिनोद बिष्ट/संगालोखबर

काठमाडौं । धनकुटाको सहिदभूमिका लागि सूर्य बहादुर थापा प्रतिष्ठानले एम्बुलेन्स हस्तान्तरण गरेको छ । काठमाडौंको मालिगाउँमा शुक्रबार कार्यक्रम आयोजना गरी प्रतिष्ठानले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

भारत सरकारबाट प्राप्त उक्त एम्बुलेन्स प्रतिष्ठानका अध्यक्ष एवं पूर्व मन्त्री सुनिल बहादुर थापाले सहिदभूमि–१ का वडाध्यक्ष असोक राईलाई हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले एम्बुलेन्स नहुँदा सहिदभूमि क्षेत्रबासीलाई समस्या भईरहेको थाहा पाएर एम्बुलेन्सको व्यवस्था मिलाईदिएको बताए । ‘चुनाबका बेला त्यहाँ पुग्दा एम्बुलेन्स नभएर बिरामीहरुलाई समस्या भईरहेको थाहा पाए । मैले त्यही बेला सहिदभूमिका जनतासमक्ष एम्बुलेन्स उपलब्ध गराउँने प्रतिबद्धता जनाएको थिए ।’ थापाले भने–‘जनतासँग बोलेको बाचा पुरा गर्दै सहिदभूमि क्षेत्रबासीको सहजताका लागि एम्बुलेन्सको व्यवस्था मिलाईदिएको हुँ ।’

धनकुटाका लागि गरेको कामको जानकारी दिदै थापाले आफु राजनीति भन्दा माथि उठेर धनकुटाबासीको समस्या समाधान र बिकासमा लागिरहेको दावीसमेत गरे । एम्बुलेन्स बुझ्दै वडाध्यक्ष राईले वडाबाट एम्बुलेन्स सञ्चालन समिति निर्माण गरेर एम्बुलेन्स सेवा सञ्चालन गरिने जानकारी दिए । सहिदभूमि क्षेत्रका लागि आएको यो पहिलो एम्बुलेन्स हो ।

यसैबीच सूर्य बहादुर थापा प्रतिष्ठानले सहिदभूमिस्थित प्रकाश थापा स्मृति प्रतिष्ठानलाई एक थान कम्प्युटर पनि हस्तान्तरण गरेको छ । अध्यक्ष थापाले स्मृति प्रतिष्ठानका अध्यक्ष गोपी थापालाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

https://www.facebook.com/SangaloKhabarOnline/videos/397776484747351

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!