गोमा ढुंगाना/संगालोखबर

अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले भूकम्पबाट प्रभावित हुन गएको सिन्धुपाल्चोकको ठुलो शिरुबारीस्थित झ्याँडी गाउँमा एकिकृत नमुना बस्ती निर्माणमा सहयोग गर्ने भएकी छन्। शनिवार सो गाउँ पुगेकी स्वेताले एकिकृत वस्ति निर्माणका लागि योजना सहयोग गर्ने बताएकी हुन् ।

Advertisement

स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको जिल्लामा अवस्थित उक्त भूकम्प प्रभावित गाउँ निर्माणको नमुना तयार गरी आवश्यक संरचना निर्माणमा श्वेताले सरकारबाट प्राप्त रकमलाई नमुना वस्तीका रूपमा बनाउन सहयोग गर्न लागेको जनाइन ।

सरकारले भूकम्प पीडितलाई आवास निर्माणका लागि दिएको रकमलाई स्थानियहरूको एकिकृत वस्ति निर्माण बनाउन चाहिने विस्तृत योजनासहित निर्माणमा समेत सहयोग गर्नेछिन् । यसमा स्वेताको इन्जिनरिङ कन्सलटेन्सीले आवश्यक प्राविधिक सहयोग गर्नेछ ।

६५ घर धुरी तथा ३७५ जनसंख्या रहेको उक्त बस्तीमा भूकम्पले सबै घर भत्काएको थियो। श्वेताले भनिन्, ‘यो बस्तीलाई नमुना बस्ती बनाउँन म आफ्नो ज्यान दिएर लाग्नेछु । सरकारले गर्ने आर्थिक सहयोगमा हामीले व्यवस्थापन गरेर नमुना बस्ती बनाउँनेछौं।’

पहिलो पटक दिवंगत पतिको हृह जिल्ला सिन्धुपाल्चोकको माझी वस्तीमा पुगेकी श्वेतालाई त्यहाँका स्थानियले ‘बुहारी’ र ‘भाउजु’ भन्दै फूलमाला र खादाले स्वागत गरेका थिए ।

‘मलाई जसरी भाउजु र बुहारी भन्दै न्यानो स्वागत  गर्नु भयो। त्यसैगरी तपाईंहरुको मनमा खुसी ल्याउन चाहान्छु’ श्वेताले भनिन्, ‘तपाईंहरूले यसरी नाता लगाएर बोलाउँदा मलाई खुसी लाग्छ ।’

श्वेतालाई माझी बस्तीसम्म लैजान पहल गरेका यज्ञराज कार्कीले मनसुन सुरु हुंनु अगाडी नै वस्ती निर्माणको कार्य सुरु गर्ने बताए । सेतोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement