काठमाडौं । बुधबार साँझ सम्पन्न मन्त्रीपरिषद् बैठकले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा नलिई विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।
धेरै विद्यालयहरु क्वारेनटाईनको रुपमा प्रयोग गरिएकाले यस बर्ष एसईई परीक्षा नलिने मन्त्रीपरिषदले निर्णय लिएको हो । गत चैत ६ गते गर्ने तय भएको एसईई कोरोना जोखिमका कारण स्थगित भएको थियो । अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।
यता, मन्त्रीपरिषद्को बैठकले बजार पसल खोल्न दिने र जोरबिजोर प्रणालीमा निजी सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै सुरक्षाका मापदण्ड अपनाएर बजार पसल खोल्न दिने र कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णय गरेको हो ।