
बेलबारी । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) १ नम्बर प्रदेश समितिले विदेशबाट तरकारी तथा फलफुल आयात रोक्न माग गरेको छ । लकडाउन भएको लामो समय बितिसक्दा पनि भारतीय तरकारी तथा फलफुल आयात नरोकिएको भन्दै बैध माओवादी निकट किसान महासंघले यस्तो माग गरेको हो ।
महासंघका प्रदेश १ संयोजक हिमप्रसाद मिश्रले प्रेस बिज्ञप्ति जारी गर्दै बिदेशबाट आयात रोकेर आफ्नै देशका किसानले उत्पादन गरेका तरकारी तथा फलफुल मात्रै बेचबिखन गर्ने बातावरण मिलाउँन तीनै तहको सरकारलाई आग्रह गरेका छन् । कृषि उत्पादन बढाउँन पनि बिज्ञप्तिमा माग गरिएको छ ।
स्थानीय तहमा सरुवा रोग प्रयोगशाला र कोरोना परिक्षण तथा उपचार केन्द्र स्थापना गरी पीसीआर परिक्षणको दायरा बढाउन पनि माग गरिएको छ । त्यस्तै अतिक्रमित भूमि तत्काल फिर्ता ल्याउने कदम चाल्न आग्रह गर्दै एमसीसी सम्झौता नगर्नसमेत महासंघले माग गरेको छ ।















