रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० स्थित मैनहवा गाउँमा गएराती पाँच जनाको हत्या भएको छ । एक जना महिला र चार जना पुरुषको हत्या भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा चार जनाको शव फेला परेको र एक जनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । मृतक पाँच जना नै कुखुरा फर्ममा काम गर्ने मजदुर हुन् ।
हत्यामा संलग्न भएको आंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या भएका र पक्राउ पर्ने व्यक्ति साथी–साथी हुन् । हत्याको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।