काठमाडौं । बिहिबार ३३४ थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको सुन्दरहरैंचाका १ जना, झापाका ५ जना, खोटाङका ३, ताप्लेजुङका १ जना, सुनसरीका १ जना, सप्तरीका १३ जना, बाराका १२ जना, सिन्धुलीका १ जना, रौटहटका ६५ जना, म्याग्दीका १ जना, बाग्लुङका १० जना, पर्बतका ४ जना र स्याङ्जाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै डोटीका ३ जना, बाँकेका ४२ जना, कपिलबस्तुका २९ जना, दाङका १५ जना, मुगुका १ जना, दैलेखका ११३ जना, धनुषाका ६ जना, महोत्तरीका ३ जना, सर्लाहीका ३ जना र पर्साका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १० जनाको मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।