मोरङ । मोरङको लेटाङमा शनिवार ग्वाली घर जल्दा चार लाख बराबरको क्षति भएको छ । मोरङको लेटाङ भोगटेनी नगरपालिका–९ बस्ने भीम बास्तोलाको छोरा वर्ष ४ को राहुल बास्तोलाले आगो खेलाउने क्रममा आफ्नै ग्वालीमा आगो सल्किएको हो ।
काठ र टिनले बनेको उक्त ग्वालीमा पराल राखिएको थियो । स्थानीयबासी र प्रहरीले आगो नियन्त्रणमा लिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।