Avatar photoSangalo Khabar

चितवन । भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान मृत्यु भएका वीरगंजका सन्तोष यादवमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उनको स्वाब रिपोर्ट ‘नेगेटिभ’ आएको जनाएको छ ।

Advertisement

वीरगञ्ज–२२ जनन्नाथपुरका ३० बर्षीय यादवलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजले कोभिड १९ को आशंकामा कोरोना बिषेश अस्पताल पठाएको थियो । श्वासप्रश्वासमा समस्या बढेपछि उनलाई आईसीयूमा राखेर उपचार गरिदै थियो । उपचारकै क्रममा मंगलबार बिहान साढे ९ बजे उनको निधन भएको हो ।

उनमा कोरोना संक्रमण भए नभएको पत्ता लगाउँन उपचारकै क्रममा सोमबार उनको स्वाब परिक्षणका लागि काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । मंगलवार साँझ उनको रिपोर्ट आएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा मृतक यादवमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको भरतपुर अस्पतालका मेसु श्रीराम तिवारीले जानकारी दिए ।

यसअघि प्रकाशित समाचार…

भरतपुरको कोरोना अस्पतालमा आइसोलेसनमा राखिएका एक जनाको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement