झापा । झापाको गौरादहस्थित गेउरिया खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गौरादह नगरपालिका–५ का १३ बर्षिय नविन दाहाल छन ।
स्थानीयबासीले दाहाललाई खोलामा डुवेको भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट प्रहरी टोली घटनास्थल गएको थियो ।
घटनाको बिषयमा अनुसन्धान भईरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।