Goma Dhungana

काठमाडौं, २९ माघ । राप्रपाका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र स्थापित गराएरै छाड्ने बताएका छन् । साथै अर्को साता सुरु हुने पार्टीको एकता महाअधिवेशनले राजतन्त्रबारे पनि टुंगो लगाउने बताए ।

Advertisement

शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अध्यक्ष थापाले संसदको यही कार्यकालमा हिन्दु राष्ट्र स्थापना गरिछाड्ने बताए । मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन तथा राष्ट्रियता र स्वाधिनताको रक्षाको लागि एउटा अन्तिम संरक्षकका रुपमा राजसंस्था हुनु पर्ने मतलाई महाधिवेशनले अनुमोदन गर्ने उनको विश्वास छ । उनले भने, ‘देशलाई एक बनाउनको लागि राजसंस्था बनाउन आवश्यक छ, त्यसको लागि राप्रपाले महाधिवेशनले एउटा निर्णय लिन्छ, संवैधानिक राजसंस्थाको पक्षमा हाम्रो पार्टी छ ।’

चुनाव गर्न नसके सरकारको के काम ?

राप्रपा अध्यक्ष थापाले प्रचण्ड सरकारको औचित्य सकिँदै गएको बताए । उनले भने, जेठभित्रै चुनाव गर्न सकेन भने यो एउटा सरकारको के काम ? चुनाव गराउन पनि नसक्ने अनि सत्तामा बसिरहने ?’

फागुन दोस्रो हप्ताभित्र मिति घोषणा भए जेठमा चुनाव हुनसक्ने भन्दै उनले त्यसलाई राप्रपाले समर्थन गर्ने बताए । अनलाइन खवरमा समाचार छ ।

थापाले काँग्रेस-माओवादी केन्द्रको अर्कमण्यता र अनिर्णयको कारण मुलुक चुनावको वातावरणमा जान नसकेको गुनासो पोखे । उनले भने, ‘मधेसवादी दलहरुसँगको मुद्दालाई समाधान गर्नको लागि हामी सरकारमा हुँदा पनि निरन्तर प्रयास गरेकै हौं, तर, यही बहानामा चुनावलाई रोक्न मिल्दैन ।’

चुनाव र संविधान संशोधन प्रस्तावलाई पनि सँगसँगै लैजानुपर्ने भन्दै राप्रपा अध्यक्ष थापाले भने,’ एमालेले संशोधन प्रस्तावमाथि छलफल नै गर्न दिन्न भन्नु गलत हो र मधेसवादी दलहरुले पनि संशोधन नभईकन चुनाव हुन दिन्नौं भन्नु गलत हो, यी दुवै अतिवादी सोच हो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement