Sangalo Khabar

एजेन्सी । विश्वमा अनौठो लाग्ने खालका घटनाहरु भइरहेको हुन्छ । बंगलादेशमा एक महिलाले एक महिनामा तीन वटा बच्चाहरु जन्ममाएकी समाचार बीबीसीमा आएको थियो । फेरि अर्को फरक प्रकारको सामाचार आएको छ । जुन हो मानसिक रुपमा मरिसकेकी महिलाले बच्चा जन्माएकी छन् ।

Advertisement

पुर्तगालमा एक २६ वर्षीया महिला खेलाडी बच्चा जन्माएर मृत्यु भइन् । डिसेम्बर महीना मै उनी ब्रेन डेड अथवा मानसिक रुपमा मृत थिइन् । अन्तराष्ट्रिय स्तर खेलाडी कथरीना सेकेरा डिसेम्बर महीनामा अस्थमाको बिरामी भएकी थिइन् त्यसपछि उनलाई बे्रन डेड घोषणा गरेको थियो ।

३२ हप्ता गर्भमा रहेपछि उक्त बच्चाको जन्म भएको बच्चाको नाम स्लवाडोर राखेको छ । स्लवाडोर अहिले नियोनेटल अस्पतालको निगरानीमा रहेको बीबीसीमा उल्लेख गरेको छ । पर्तुगालमा यस्तो घटना दोस्रो पटक भएको हो । सेकेरा एकदमै प्रतिभाशाली कैनोइट खालाडी थिइन् ।

सेकेरा अस्थमाले च्यापेको बेला उनी १९ हप्ताको गर्भवती रहेकी रिपोर्टले जनाएको छ । उक्त समय धेरै खतरनाक अवस्थामा रहेकी उनी कोमामा पुगिन् । त्यसको केही दिनपछि डाक्टरले उनलाई ब्रेन डेड घोषित गरेको समचारमा उल्लेख छ ।

सेकेराका गर्भमा रहेको बच्चालाई बचाइ राख्नको लागि उनलाई ५६ दिनसम्म भेन्टिलेटरमा राखेको बताइएको छ । शुक्रबारसम्म डेलिभरको लागि पर्खने चाहाना थियो । ३२ हप्ता पूरा हुन लागेको थियो तर सेकेराको बिग्रीदै गएको अवस्थाले यो डेलिभरी शुक्रबार नै भएको डाक्टरले बताएका छन् ।

बच्चालाई जिवित राख्नको लागि परिवासंग अनुमती अथार्त कुराकानी भएको अस्पतालका आचार समितिको प्रमुख फिलिम एल्डाले बताएका छन् । बच्चाको पिता र उनको परिवारले जसरी पनि बच्चालाई बचाउन चाहेको स्रोतले जनाएको छ । खबर अनुसार बच्चा १.७ केजी रहेको छ । बच्चालाई अझै तीन हप्तासम्म अस्पताल मै राख्नु पर्ने जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement