सोम्निफोबियाः निद्राको भयलाई सोम्निफोबिया भनिन्छ। यो भय भएको मान्छे निदाएपछि मरिने हो कि भन्ने त्रासले ग्रस्त हुन्छ र निदाउन चाहँदैन।

Advertisement

नोमोफोबियाः एक सर्वेक्षणका अनुसार बेलायतको आधाभन्दा बढी जनसंख्यालाई नोमोफोबिया छ। यस भयले गाँजेपछि मोबाइल फोनमा सिग्नल नआउने हो कि अथवा यसको ब्याट्री सिद्धिने पो हो कि भन्ने डर लागिरहन्छ।

प्लुटोफोबियाः यो पैसादेखि डराउने मनोदशा हो। यसमा धनी भइएला कि भन्ने भय पनि हुन्छ।

हिप्पोपोटो–मोन्स्ट्रो– सेस्क्विप्पेडएलियोफोबियाः यो फोबियाको नाम लामो छ। यसबाट ग्रस्त मान्छे लामो शब्ददेखि डराउँछ। लामो शब्दकै भयका कारण उसलाई पढ्न मन लाग्दैन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!